loader

Breaking News

दुलिप ट्रफी पूर्वोत्तर जोन टोलीमा सिक्किमका तीन खेलाडी चयनित

Image
 

पूर्वोत्तर जोन चयन समितिले आगामी 28 अगस्त देखि बेंगलुरुस्थित बीसीसीआई सेन्टर अफ एक्सलेन्समा शरु हुने दुलिप ट्रफी 2025 का लागि 15 सदस्यीय टोली घोषणा गरेको छ।
अन्तिम टोलीको घोषणा 11 अगस्तमा गुवाहाटीमा बसेको बैठकमार्फत गरिएको हो। उक्त बैठकमा अरुणाचल प्रदेश, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड र सिक्किम गरी पूर्वोत्तर जोनका सबै छवटा राज्यका चयनकर्ताहरू उपस्थित थिए।
सिक्किमबाट टोलीमा अशिष थापा (विकेटकिपर ब्याट्सम्यान), अंकुर मलिक (अलराउन्डर) र पल्जर तामाङ (अलराउन्डर) चयनित भएका छन्।
यससँगै सातजना स्ट्यान्ड-बाइ खेलाडीको नाम पनि सार्वजनिक गरिएको छ, जसमा सिक्किमका ली योङ लेप्चा पनि परेका छन्।
सिक्किम सीनियर पुरुष टोलीका प्रशिक्षक सोनाम पाल्देन भोटिया पूर्वोत्तर जोन टोलीका सहायक प्रशिक्षक नियुक्त भएका छन्।
सिक्किम क्रिकेट एसोसिएसनले चयन भएका सबै खेलाडी तथा प्रशिक्षकलाई बधाई दिँदै, प्रतिष्ठित प्रतियोगिता दुलिप ट्रफी 2025 मा पूर्वोत्तर जोन टोलीको सफलताको कामना गरेको छ।

 


Leave a Comment