loader

Breaking News

राज्यस्तरीय फुटबल प्रतियोगितामा भाग लिन बिजनबारीका खेलाडीहरू प्रस्थान

Image
 

बिजनबारीका बाल फुटबल खेलाडीहरू पुरुलियामा हुने राज्यस्तरीय शिद्धुभानु गोल्डकप फुटबल प्रतियोगिताको निम्ति बुधबार दार्जीलिङबाट प्रस्थान गरेका छन्।

उक्त खेलाडीहरूले पुरूलियामा पश्चिम बङ्गाल शिक्षा अनि खेलकुद  काउन्सिलद्वारा आयोजना गरिइने राज्यस्तरीय गोल्डकप फुटबल प्रतियोगितामा भाग लिइनेछन् । टोलीमा बिजनबारी क्षेत्रका स्कुलहरू क्रमैले रेलिङ उच्च माध्यमिक विद्यालय, विद्याज्योति एकाडेमी, सप्तर्षि एकाडेमी, लोअर चुङथुङ उच्च माध्यमिक विद्यालय, चुङथुङ उच्च माध्यमिक विद्यालयलगायत सेन्ट रोबर्ट अनि आरकेएसपीका विद्यार्थीहरू रहेका छन् ।

यी खेलाडीहरूलाई दार्जीलिङ जिल्ला गेम्स एन्ड स्पोर्ट्स काउन्सिलका कोच शिद्धार्थ मुखिया अनि प्रबन्धक प्रज्ज्वल सिंहको नेतृत्वमा पुरूलियाको निम्ति प्रस्थान गरिएको काउन्सिलका महासचिव एंव बिजनबारी भेगका संयोजक पूनम दर्नालले जानकारी दिएका छन्।


Leave a Comment