loader

Breaking News

कालेबुङ जिल्ला सबला मेला शुरू

Image
 

द हिमाल वर्ल्ड
कालेबुङ, 9 जनवरी 2025

पश्चिम बंगाल डिपार्टमेन्ट अफ सेल्प हेल्प ग्रुप एण्ड सेल्प इम्प्लोइमेन्टको आयोजनामा कालेबुङ जिल्ला सबला मेला 2024-25 शनिबारदेखि कालेबुङ डेलो पार्कमा भव्य रूपमा शुरू भएको छ। यो कार्यक्रम ग्रामीण महिलाहरूको आर्थिक सशक्तिकरण र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आयोजित महत्वपूर्ण मेला रहेको बताइएको छ। जसको समापन आगामी 15 जनवरीमा हुनेछ।
कार्यक्रमको उद्घाटन कालेबुङका विधायक रूदेन सादा लेप्चाले गरे । कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित विधायक लेप्चाले सेल्प हेल्प ग्रुपहरूले स्थानीय स्तरमा आत्मनिर्भरता र रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान दिएको बताए। उनले सबला मेला जस्ता कार्यक्रमहरूले महिलाहरूलाई आफ्नो उत्पादन र क्षमता प्रदर्शन गर्ने उत्कृष्ट मञ्च प्रदान गर्नेमा जोर दिए।
विशिष्ट अतिथिहरूमा कार्यकारी सभासद सिनोरा नाम्चु, कालेबुङ जिल्लापाल बालासुब्रमण्यम टी, कालेबुङ जिल्ला पुलिस अधिक्षक श्रीहरी पाण्डे र कालेबुङ-1 पञ्चायत समिति सभापति ममता गुरूङ उपस्थित थिए। उनीहरूले पनि कार्यक्रमलाई सम्बोधन गर्दै महिलाहरूको सक्रिय सहभागिता र सामुदायिक विकासमा यस मेलाको भूमिका महत्वपूर्ण रहेको बताए।
मेलामा सेल्प हेल्प ग्रुपहरूद्वारा सञ्चालित विभिन्न स्टलहरू राखिएका छन्। यी स्टलहरूमा पारम्परिक खानपान, हस्तकलाका सामग्री, फुलको सजावट, कपडा  र अन्य स्थानीय उत्पादनहरू प्रदर्शित गरिएको छ। हरेक स्टलले आफूले उत्पादन गरेका सामानको विशेषता र महत्त्वलाई प्रस्तुत गरेको छ, जसले मेलामा सहभागी र आगन्तुकहरूलाई निकै आकर्षित गरिरहेछ।


Leave a Comment