loader

Breaking News

वृद्धसँग कुटपिट र लुटपाट : सिलगढीबाट दुई पक्राउ

Image
 

एक वृद्धलाई कुटपिट र लुटपाट गरेको आरोपमा सिलगढीको भक्तिनगर पुलिसले दुई व्यक्तिलाई पक्राउ गरेको छ। एक वृद्धलाई अटोमा लगेर कुटपिट गरेको र तिनको पैसा लुटेको घटनामा पुलिसले माथाभांगा निवासी विश्वजित दास र कोचबिहार निवासी पिन्टु रायलाई पक्राउ गरेको हो।
पुलिस सूत्रअनुसार सोमबार दिउँसो पत्थरघट्टा क्षेत्रका एक वृद्ध अटो रिजर्भ गरेर दार्जीलिङ मोड गएका थिए। त्यहाँबाट उनी फेरि त्यही अटोमा पीसी मित्तल बस स्ट्यान्ड संलग्न क्षेत्रमा पुगेर दार्जीलिङ मोडतर्फ फर्किने क्रममा महानन्द पुल नजिकै अटो रोकियो। त्यतिबेला अटो चालक र अटोमा रहेका अर्का एक व्यक्तिले वृद्धबाट सबै नगद खोसेर कुटपिट गरेको आरोप छ। त्यसपछि उनीहरूले उनलाई सडकमा फ्याँकेर भागेका बताइएको छ।
घटनापछि, वृद्धले भक्तिनगर थानामा उजुरी दर्ता गरेका थिए भने सोही उजुरीको आधारमा, पुलिसले अनुसन्धान शुरू गरेको थियो। सीसीटीभी फुटेज र विभिन्न सूत्रहरूको आधारमा, पुलिसले आरोपीको पहिचान गरी सोमबार राति, महानन्द पुल नजिकैको क्षेत्रबाट अटोसहित दुई आरोपीलाई पक्राउ गरेको बताइएको छ। सोधपुछको क्रममा पक्रा परेकाहरूले अपराध स्वीकार गरेको र उनीहरूबाट चोरी भएको नगद पनि बरामद गरिएको बताइएको छ। पक्रा परेकाहरूलाई मंगलबार जलपाईगुडी अदालतमा पेश गरिएको थियो।


Leave a Comment