loader

Breaking News

सांसद विष्टले गरे ईशान गुरुङ मामिलामा सीबीआई जाँचको माग

Image
 


सांसद राजु विष्टले ईशान गुरुङ मामिलामा सीबीआई जाँचको माग गरेका छन्। गत 13 दिनदेखि निखोज 14 वर्षीय ईशान गुरुङको परिवारप्रति ऐक्यबद्धता जनाउन सांसद विष्ट बिहीबार गुरुङको घर पुगेका थिए। ईशानलाई सुरक्षित घर ल्याउन हरसम्भव प्रयास सुनिश्चित गर्न आफू सङ्कल्पित रहेको उनले बताएका छन्। 
उल्लेखनीय छ, सिलगढ़ीदेखि केही टाढ़ा सेवोकछेउ 10 माइल फरेस्ट बस्तीबाट गत 23 अगस्त शनिबारको दिन 14 वर्षीय ईशान गुरुङ निखोज भएका थिए। घटनाको 13 दिन बितिसक्दा पनि उनको अझै पत्तो लागेको छैन। 
घटनाको जाँच गर्न आफूले एउटा विशेष जाँच टोली (एसआईटी) को गठन गर्ने अनुरोध गरेको बताउँदै पाँच दिनपछि 28 अगस्तको दिन पश्चिम बङ्गाल पुलिसले एउटा एसआईटी गठनको घोषणा गरेको विष्टले जानकारी गराएका छन्। यद्यपि हालसम्म ईशानको पत्तो नलागेकोले ईशानका परिवारसँगै सबैलाई गहिरो चोट पुऱ्याएको उल्लेख गर्दै उनले यसप्रकारको ढिल्याइँले क्षेत्रका जनताको प्रशासनमाथि विश्वास डगमगाएको मन्तव्य पोखेका छन्। यस सम्बन्धमा आफूले  राज्यपाल र मुख्यमन्त्री ममता ब्यानर्जीसँग हस्तक्षेपका लागि औपचारिक अनुरोध गरेको पनि उनले बताएका छन्। यसको साथै ईशानको पत्तो लगाउन तत्काल केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) लाई मामिला हस्तान्तरण गर्ने माग उनले गरेका छन्। उनले पश्चिम बङ्गाल सरकारसँग यस मामिलालाई प्राथमिकता दिन अनि यो मामिला यथाशीघ्र सीबीआई-लाई हस्तान्तरित गरेर व्यवस्थामाथि जनताको आस्था पुनः स्थापित गर्न आह्वानसमेत गरेका छन्।


Leave a Comment