loader

Breaking News

जेन्टलमेन चोर

Image
 

जेन्टलमेन चोर

द हिमाल वर्ल्ड
सिलगढी, 17 फरवरी, 2025


चोर... चोर भन्नासाथ एकपछि अर्को गर्दै तपाईं-हाम्रा आँखामा मानव आकृति आउने गर्छन्.... धैलोमैलो चोरको भेषभूषा....अनि,  मानिसहरूका बिच पक्रा पर्दाको अवस्था...... 
तपाईं-हामीले देख्दै आइरहेका चोरहरू यस्तै-यस्तै परिपाटीका हुन्छन्....
तर, सुट-बुटमा सजिएको जेन्टलमेन चोर हामीले कल्पना मात्र गर्नसक्छौं.... 
तर, यहाँ कुरा गर्न लागिरहेको चोर भने साधारण, धैलोमैलो... खान नपाएको खिनौटे....चोरको होइन..... यहाँ कुरा गर्न लागिरहेको चोर चाहिँ  सुट र बुटमा सजिएको जेन्टलमेन चोरको हो।
सुट-बुटमा सजिएर आफूलाई अतिथि बताउँदै ऊ कसैका बिहे अथवा अन्य कुनै मांगलिक कार्यक्रमहुँदी देखा पर्ने गर्दछ। अनि समय अनुसार खाँदछ...पिउँदछ अनि मौका पाउनासाथ हात पनि लामो गर्न भ्याइहाल्दछ।
चोरीको यो नयाँ तरिका देखेर पुलिस पनि तिनछक् पर्नु स्वाभाविक नै हो।
जेन्टलमेन चोरको चर्तिकला अघि आउनेबित्तिकै मानिसहरूमाझ सनसनी मच्चिन पुगेको छ। चोरीको घटना सम्बन्धी पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्ति सिलगढ़ी नजीकै शिवमन्दिर निवासी मनोज चौधरी हुन् भने उनी पेशाले चित्रकार रहेको बताइएको छ।
जनवरी महिनामा सिलगढ़ी प्रधाननगरको एउटा विवाह समारोह स्थलमा चोरी भएको थियो। घटनाको जाँच गर्दै जाँदा पुलिसले आरोपी मनोजको तस्वीर फेला पाऱ्यो। बिहे समारोहमा उनको उपस्थितिको उद्देश्यमाथि पुलिसले खोजी शुरू गऱ्यो। अनि त, मनोजको तस्बीर सामाजिक सञ्जाल, विभिन्न भवन र कार्यक्रम स्थलहरूमा प्रसार गरिइयो। 
नभन्दै 16 फरवरी, आइतबार राति मनोज सिलगढ़ीको सेवक रोडमा आयोजित एउटा बिहे समारोहमा सुट-बुटका साथ देखापरे। यसैबिच, समारोहमा उपस्थित एकजना सेनाका अवकाशप्राप्त अधिकारीले उनलाई चिनिहाले अनि मनोजलाई देख्नेबित्तिकै उनले पुलिसलाई खबर गरे। खबर पाउनासाथ पानीट्याङ्की आउटपोस्टको पुलिसले त्यस बिहे समारोहमा पुगी मनोजलाई पक्राउ गऱ्यो। सूत्रबाट थाहा लागे अनुसार आरोपीबाट चोरीका सामानहरू भने अहिलेसम्म बरामद हुन सकेको छैन। सोमवार आरोपीलाई सिलगढ़ी अदालतमा पेश गरिएको खबर छ।


Leave a Comment