loader

Breaking News

जीटीएको गिरी पुरस्कार अलङ्करण समारोह सिलगढीमा नभएर गाडीधुरामा हुने

Image
 

द हिमाल वर्ल्ड
दार्जीलिङ, 8 जनवरी 2025


गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको सूचना एवम् सांस्कृतिक विभागद्वारा आउँदो जनवरीमा सिलगढीमा आयोजन गर्ने भनिएको गिरी पुरस्कार अलङ्करण समारोह खरसाङ खण्डको गाडीधुरामा सम्पन्न हुने भएको छ। जीटीएको सूचना एवम् सांस्कृतिक विभागका कार्यकारी सभासद अनोश थापाले मङ्गलबार एउटा पत्रकार सम्मेलन गरेर सिलगढीमा हुने भनिएको पुरस्कार अलङ्करण समारोह केही कारणवश सिलगढीमा नभइ आगामी 13 जनवरीको दिन गाडीधुरामा सम्पन्न हुने जानकारी गराए। उल्लेखनीय छ, गत 25 दिसम्बरको दिन जीटीएका सूचना एवम् सांस्कृतिक विभागीय कार्यकारी सभासद अनोस थापा अनि सह-निदेशक भूपेन्द्रकान्त घिसिङले पत्रकार सम्मेलन गर्दै जीटीए-द्वारा साहित्य, संगीत अनि नाट्य विधामा प्रदान गरिइने पुरस्कारहरूको घोषणा गरेका थिए। यी पुरस्कारहरू सिलगढ़ीस्थित दिनबन्धु मञ्चमा आयोजन गरिइने बताइएको थियो भने अब उक्त पुरस्कार अलङ्करण समारोह गाडीधुरामा हुने भएको छ।


Leave a Comment