एटीएमबाट पैसा निकालेर फर्कने क्रममा एक व्यक्तिसँग लुटपाट भएको घटनाले सिलगढी संलग्न फूलबारी क्षेत्रमा सनसनी फैलिएको छ। घटनामा संलग्न दुई व्यक्तिलाई पुलिसले पक्राउ गरेको छ। गत शनिबार राति फूलबारी निवासी विश्वनाथ राय एटीएमबाट पैसा निकालेर साइकलमा सवार भई घर फर्किरहेका थिए। तर, उनी क्यानल रोडमा पुग्ने बित्तिकै तीन व्यक्तिले तिनलाई पछ्याए। दुष्कृतिहरूको समूहले तिनलाई समातेर बीस हजार रुपियाँ नगद र तिनीसँग भएको एटीएम कार्ड लिएर भागेको बताइएको छ। घटनाबारे थाहा पाउने बित्तिकै फुलबारी क्षेत्रमा सनसनी फैलियो। उजुरीको आधारमा एनजेपी थानाको सादा पोशाक पुलिसले अनुसन्धान सुरु गरेको थियो। यसैबीच गत आइतबार पुलिसले फुलबारीबाट रबिन राय र अमिनुल इस्लामलाई पक्राउ गऱ्यो। पक्रा परेकाहरूबाट 15 हजार रुपियाँ बरामद गरियो भने बाँकी पैसा र दुष्कृति पत्तो लगाउन पुलिसले अनुसन्धान शुरु गरेको बताइएको छ। सोमबार आरोपीहरूलाई जलपाइगढी अदालत पठाइयो।


Leave a Comment