loader

Breaking News

सिलगढीको सुन दोकान डकैती प्रकरणमा थप चारजना पक्राउ

Image
 

सिलगढीको हिलकार्ट रोडमा रहेको सुन दोकानमा भएको डकैती प्रकरणमा सिलगढी पुलिसले थप चारजना आरोपीलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा रोहित कुमार सिंह, शुभम कुमार, आलोक कुमार र रजनीश कुमार सामेल छन्। चारै जना बिहारका बासिन्दा रहेको बताइएको छ। पुलिस सूत्रअनुसार पक्रा परेकाहरूबाट लगभग 55 ग्राम सुन र 30 हजार रुपियाँ पनि बरामद गरिएको छ।
उल्लेखनीय छ गत 22 जून दिउँसो हिलकार्ट रोडमा रहेको एउटा सुन दोकानमा लुटपाट भएको थियो। उपद्रवीहरूले करोडौं रुपियाँको सुन लुटेर भागेका थिए। घटनाको केही समयमै पुलिसले दुईजनालाई पक्राउ गरेको थियो भने पछि, सिलगढी थानाको विशेष अपरेशन समूहले बिहारमा छापा मारेर थप चार जनालाई पक्राउ गरेको थियो। यस घटनामा हालसम्म 12 जनालाई पक्रा परिसकेका छन्। पक्रा परेका चारैजना आरोपीलाई शुक्रबार सिलगढी अदालतमा पेश गरियो। पुलिसले यस घटनामा अरु कोही संलग्न छन् कि छैनन् भनेर अनुसन्धान गरिरहेको र घटनाको थप छानबिन भइरहेको बताएको छ।


Leave a Comment