loader

Breaking News

गणेश पूजालाई लिएर सिलगढ़ीमा दुई समूहबीच तनाउ

Image
 


गणेश पूजालाई लिएर दुइ समूहबिच झड़प हुँदा क्षेत्रमा स्थिति तनाउ बन्नपुग्यो अनि त सिलगढ़ीका मेयर गौतम देव घटनास्थलमा पुगेर स्थितिलाई साम्य गराइयो।
घटना हो सिलगढी नगरनिगमको 14 नम्बर वार्डको। तृणमूल महिला काउन्सिलर श्रावणी दत्ताले आफ्नो पार्टीको समूहलाई अर्को समूहले मादक पदार्थ सेवन गरी आक्रमण गरेको आरोप लगाएकी छन्। झडपको भिडियो अगावै सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो। घटनाको खबर पाउनासाथ सिलगढीका मेयर गौतम देव आइतवार मध्यरातमा घटनास्थल पुगी स्थितिलाई साम्य गराएका थिए। यसैबिच, काउन्सिलरले घटना समाधान नभएमा आफू भोक हडताल गर्ने चेताउनीसमेत दिएकी छन्।
जानकारी अनुसार वार्डमा सय मिटरको दूरीमा दुईवटा गणेश पूजा आयोजन गरिएको थियो, जसमा एउटा काउन्सिलर श्रावणी दत्तको समूहले आयोजना गरेको थियो भने अर्को युवा तृणमूल टाउन-2 का अध्यक्ष राजु दासको समूहले। यी दुई पक्षबीच लामो समयदेखि द्वन्द्व चलिरहेको थियो। गत वर्ष यिनै दुइ समूहबिच पूजालाई लिएर यस्तै अशान्ति भएको थियो।
यसपालि पनि यस्तै भयो, आइतबार मूर्ति विसर्जनको दिन राजु समूहका सदस्यहरू राजीव मोड़ क्षेत्रको एउटा रेस्टुरेन्टमा खाना खाइरहेका थिए। सोही समय काउन्सिलर श्रावणी दत्ता र उनकी छोरीले आफ्नो मोबाइल फोनमा भिडियो रेकर्ड गर्नथाल्दा  उनीहरूले आपत्ति जनाए। त्यसपछि, श्रावणी दत्ताले मानिसहरूलाई ल्याएर आफूहरूमाथि आक्रमण गरेको राजु समूहले आरोप लगाएको छ। 
यता, काउन्सिलर श्रावणी दत्ताले सबै आरोपहरू निराधार रहेको बताएकी छन्। उनले एकजना स्थानीय वासिन्दाको पसलमा लामो समयदेखि अवैध रक्सी बेचिरहेको दाबी गरेकी छन्। त्यो रात, केही बाहिरी व्यक्तिहरूले मादक पदार्थ सेवन गरेर त्यो पसलमा होहल्ला गरिरहेका थिए। उनले विरोध गर्दा उनको सरकारी गाडी तोडफोड गरिएको तिनको आरोप छ। पुलिस ढिलो आइपुगेको कारण परिस्थिति तनाउपूर्ण भएको उनको भनाइ छ।


Leave a Comment