loader

Breaking News

के-के छन् त सिलगढ़ीमा बनिने सिक्किम बस टर्मिनस, हेल्थ केयर सेन्टर अनि हाउजिङ विल्डिङमा?

Image
 

द हिमाल वर्ल्ड
5 मार्च, 2025

5 मार्च बुधवार सिलगढ़ीको हिलकार्ट रोड जंक्सनछेउ एसएनटी कम्प्लेक्सको 2.1 ऐकर जमीनमा निर्माण हुने नयाँ सिक्किम बस टर्मिनस, हेल्थ केयर सेन्टर अनि हाउजिङ विल्डिङ परियोजनाको मुख्यमन्त्री पीएस गोलेले विधिवत् रूपमा शिलान्यास गरे।
एनएनटी-को यस क्षेत्रफलभित्र यी तीनैवटा पूर्वाधारहरूको निर्माणसितै एउटा होटल अनि शपिङ कम्प्लेक्स पनि निर्माण हुनेछ।
सिक्किमको नयाँ बस टर्मिनस अत्याधुनिक एवम् तक्निकीय ढंगमा निर्माण गरिइने छ। यसमा स्वचालित बस पार्किङ अनि ट्याक्सी र कारहरूका लागि सुविधायुक्त पार्किङ स्थल बनाइनेछ।
यसैगरी, यसै कम्प्लेक्सभित्र अर्को बहुतले भवन निर्माण गरिइनेछ, यसभित्र हेल्थ केयर सेन्टर हुनेछ। यस भवनमा मोठ 50 वटा कोठाहरू सिक्किमका रोगी जनसाधारणका लागि छुट्याइनेछ। यसका साथै, राज्यवासीले शुपथ मूल्यमा त्यहाँ बसी आफ्नो उपचार गर्न सक्नेछन्। यति मात्र होइन, यस केयर सेन्टरमा एउटा क्लिनिक पनि रहनेछ, जहाँ रोगीहरूको प्राथमिक उपचारका लागि  डाक्टर अनि नर्सहरू हुनेछन्।  यो भवन  विस्तारै सिक्किमको स्वास्थ्य विभागलाई पूर्णरूपले हस्तान्तरण गरिइनेछ।
यसरी नै, अर्को हाउजिङ विल्डिङ निर्माण गरिइनेछ, जसमा शुपथ मूल्यमा मुख्यमन्त्री, न्यायाधीश, राज्यपाल, मन्त्री तथा विशिष्ट व्यक्तित्वहरूका लागि भीआईपी स्वुइट बनिनेछ भने आम जनताको पनि बस्ने व्यवस्था गरिइनेछ। 
यी सबै परियोजनाहरू निर्माणको लागत खर्च 197 करोड़ रुपियाँ रहेको छ भने यी सबै परियोजनाहरू सिक्किम सरकारको विल्डिङ अनि हाउजिङ डिपार्टमेन्टले गर्नेछ।
यो परियोजना आउँदो 36 महिनामा पूरा गर्ने लक्ष्य राखिएको छ। तथापि, मुख्यमन्त्रीले भने यो परियोजना 24 महिनाभित्र पूरा गर्ने कोशिश गरिइने जनाएका छन्।
यो बहुउद्देश्यीय पूर्वाधारले यात्रुहरूको बढ्दो आवश्यकताहरू पूरा गर्ने, आवश्यक चिकित्सा सहयोग प्रदान गर्ने र राम्रो आवास सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ, जसले सिक्किमको प्रगति र नागरिक सुविधाहरूमा योगदान पुर्‍याउने बताइएको छ।
सिक्किम राज्यको यो बहुउद्देश्यीय परियोजना निर्माणका लागि पश्चिम बंगाल सरकारले स्वीकृति दिएकोमा तिनले बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी लगायत सिलगढ़ीका मेयरसितै अन्य अधिकारीहरूलाई मुख्यमन्त्री गोलेले धन्यवाद दिए।


Leave a Comment