द हिमाल वर्ल्ड
गान्तोक, 10 February
सिक्किम राज्य उच्चस्तरीय समितिद हिमाल वर्ल्ड (SSHLC) को दोस्रो बैठक आज सोमबार नयाँ दिल्लीमा सम्पन्न भयो, जसको अध्यक्षता मुख्यमन्त्री पीएस गोलेले गरेका थिए । बैठकको उद्देश्य सिक्किमका छुटेका 12 समुदायलाई अनुसूचित जनजाति (ST) सूचीमा समावेश गर्ने विषयमा छलफल गर्नु साथै पछिल्ला बैठकको निष्कर्ष बारेमा समीक्षा गर्नु रहेको थियो।
आजको बैठकमा SSHLC ले पहिलो मस्यौदा प्रतिवेदन प्रस्तुत गऱ्यो जसमा यी समुदायहरू अनुसूचित जनजाति सूचीमा समावेश हुन आवश्यक पाँचवटा मापदण्ड (मौलिक विशेषता, विशिष्ट संस्कृति, लज्जाशीलता, भौगोलिक अलगाव, र पछौटेपन ) पूरा गर्ने तथ्यहरू उल्लेख गरिएको छ।
बैठकमा मुख्यमन्त्री पीएस गोलेले समितिको प्रयासको प्रशंसा गर्दै अन्तिम प्रतिवेदनलाई थप वैज्ञानिक, अनुसन्धानमूलक र समावेशी बनाउनुपर्ने विषयमा जोड दिए। भारत सरकारका विभिन्न निकायहरूले उठाएका प्रश्नहरू, विशेषगरी तथ्यांक र जानकारीको अभाव सम्बन्धी मुद्दाहरू, समाधान गर्न मुख्यमन्त्रीले SSHLC का सदस्यहरूलाई निर्देशन दिएका छन्।
राज्य सरकारले SSHLC गठन नोभेम्बर 2024 मा गठन गरेको थियो, जसले तीन महिनाभित्र अन्तिम प्रतिवेदन तयार गरी सरकारलाई बुझाउनु पर्नेछ।
आज नयाँ दिल्लीमा आयोजित SSHLC को बैठकमा मुख्यमन्त्रीको साथमा सिक्किमका दुईजना सांसद, सिक्किम विधानसभा उपाध्यक्ष, सरकारका मन्त्री तथा विधायकहरू, जनजाति बन्नबाट छुटेका समुदायबाट सरकारमा सल्लाहकार अनि 12 जात गोष्ठिका प्रतिनिधिहरू सामेल रहेका थिए।
Leave a Comment