द हिमाल वर्ल्ड
सिक्किम, 24 जनवरी, 2025
सिक्किमले 38औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने भएको छ। आगामी 28 जनवरीदेखि 14 फरवरीसम्म उत्तराखण्डको विभिन्न स्थानमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सिक्किमले एथलेटिक्स, बक्सिङ, आर्चरी, साइक्लिङ र महिला फुटबलमा भाग लिनेछ जसका लागि 41 जना खेलाडी र 5 जना प्रशिक्षक उत्तराखण्ड जाने सिक्किम ओलम्पिक एसोसिएशनले जानकारी दिएको छ। सिक्किम ओलम्पिक एसोसिएशनका महासचिव जसलाल प्रधानले जानकारी दिएअनुसार चारपल्ट ओलम्पिक खेलेका तरुण दिप राईले आर्चरी खेलमा सिक्किमलाई प्रतिनिधित्व गर्नेछन्। उनी सिक्किमका खेलाडी भएर पनि गृहराज्यको पक्षमा खेल्ने यो पहिलो अवसर हुनेछ।
तरुण दिप राईले आर्चरीमा सिक्किमको पक्षमा पदक ल्याउन सक्ने साथै पहिलो पल्ट राष्ट्रिय खेलकुदमा अवसर बनाएको सिक्किम महिला फुटबल टिमले पनि राम्रो प्रदर्शन गर्नसक्ने सिक्किमले आशा राखेको छ। खेलाडीहरूलाई राष्ट्रिय खेलकुदमा समर्पित गराउन सिक्किम ओलम्पिक एसोसिएसनले मेडल जित्ने खेलाडीका लागि नगद पुरस्कारको पनि घोषणा गरेको छ।
Leave a Comment