loader

Breaking News

सिक्किममा रेस्टुरेन्ट र नाइट क्लब सञ्चालनका लागि नयाँ नियमावली लागू

Image
 

द हिमाल वर्ल्ड
सिक्किम, 8 जनवरी 2025

सिक्किम सरकारको शहरी विकास विभागले राज्यभरका रेस्टुरेन्ट, पब, डिस्को र कराओके बारहरूको सञ्चालनका लागि नयाँ नियमावली लागू गरेको छ। सरकारले प्राप्त गरेका गुनासाहरू र युवाहरूको सार्वजनिक स्वास्थ्य तथा सांस्कृतिक मूल्यलाई ध्यानमा राख्दै यस्तो कदम उठाएको हो।

नयाँ नियमावली अनुसार, राज्यभरका सबै रेस्टुरेन्ट, पब, डिस्को र कराओके बारहरू राति 11 बजेभित्र अनिवार्य रूपमा बन्द गर्नुपर्नेछ। साथै, यस्ता ठाउँहरूमा 21 वर्षभन्दा कम उमेरका व्यक्तिहरू र स्कुल युनिफर्ममा रहेका विद्यार्थीहरूको प्रवेश पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ। सबै रेस्टुरेन्टहरूले 21 वर्षभन्दा कम उमेरका व्यक्तिहरू र स्कुल युनिफर्ममा रहेका विद्यार्थीहरूलाई मादक पदार्थ उपलब्ध गराउन पाउने छैन।

यदि कसैले यो प्रावधान उल्लंघन गरेमा, 50,000 जरिवाना, व्यापार लाइसेन्स निलम्बन, वा सिक्किम व्यापार लाइसेन्स र विविध नियमावली, 2011 को धारा 13 अनुसार लाइसेन्स रद्द गरिने चेतावनी दिइएको छ।

यो नियमावली तुरुन्तै लागू हुने जानकारी गराइएको छ।


Leave a Comment