loader

Breaking News

उत्तर सिक्किम राजमार्ग निर्माण तीव्र गर्न सांसद सुब्बाद्वारा रक्षा राज्य मन्त्रीलाई आग्रह

Image
 

सिक्किमका लोकसभा सांसद डा. इन्द्र हाङ सुब्बाले आज भारत सरकारका रक्षा राज्य मन्त्री संजय सेठसँग नयाँ दिल्लीमा भेट गर्दै उत्तर सिक्किमतर्फ वैकल्पिक राजमार्ग निर्माण कार्यलाई छिटो अगाडि बढाउन औपचारिक निवेदन बुझाएका छन्।

भेटका क्रममा डा. सुब्बाले सो वैकल्पिक मार्गको रणनीतिक, विकासात्मक तथा मानवीय पक्षको महत्वमाथि जोड दिँदै हाल गान्तोकदेखि चुङथाङ र लाचेन हुँदै जीमा जाने वर्तमान मार्ग पहिरो, खराब मौसम तथा दुर्गम भौगोलिक अवस्थाका कारण बारम्बार अवरुद्ध हुने गरेको बताए।

उनले केही हिजो सीमावर्ती सडक पूर्वाधारको चुनौतीबारे सीमा सडक संगठन (बीआरओ) का महानिर्देशकसँग विस्तृत छलफल गरेको जानकारी मन्त्रीलाई गराउँदै बीआरओ यस प्रस्तावमा सकारात्मक देखिए तापनि रक्षा मन्त्रालयबाट समयमै आवश्यक समर्थन, निर्देशन तथा राज्य सरकारसँग समन्वयमा कार्यान्वयन प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।

“हालको अवस्थामा उत्तर सिक्किमको मार्ग निकै कमजोर छ, जसका कारण स्थानीय बासिन्दा आवश्यक सेवाबाट बञ्चित हुने र सुरक्षा तयारीमा पनि असर पर्ने स्थिति छ,” सांसद सुब्बाले भने। “वैकल्पिक राजमार्गले बारहमासी पहुँच सुनिश्चित गर्नुका साथै क्षेत्रीय विकासलाई गति दिने र रणनीतिक हिसाबले समेत सीमावर्ती संवेदनशील क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।”

डा. सुब्बाले रक्षा मन्त्रालयले यस विषयलाई प्राथमिकतामा राखी आवश्यक प्रक्रिया चाँडै शुरु गर्ने विश्वास व्यक्त गरेका छन्।


Leave a Comment