loader

Breaking News

लगातार वर्षापछि सिक्किममा पहिरोको जोखिम : एसएसडिएमएले गऱ्यो सतर्कता अपील

Image
 

सिक्किम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एसएसडिएमए) र जिल्ला विपद् व्यवस्थापन प्राधिकरण (डीडिएमए) ले लगातार वर्षाका कारण राज्यका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको भन्दै आमनागरिकलाई सतर्क रहन अपील गरेको छ।
प्राधिकरणले सार्वजनिक गरेको विज्ञप्तिमा पहिरो प्रभावित क्षेत्रमा अनावश्यक यात्रा नगर्न र संवेदनशील स्थानमा बसोबास गर्नेहरूले आफ्ना वरिपरि देखिने अस्वाभाविक गतिविधि जस्तै जमिनमा चिरा परे, पानीको असामान्य बहाव वा माटो धस्किने जस्ता संकेतलाई ध्यानपूर्वक निगरानी गर्न सुझाव दिएको छ। साथै, कमजोर संरचनामा बस्नबाट बच्न पनि आग्रह गरिएको छ।
प्राधिकरणले आधिकारिक सूचना र ट्राफिकसम्बन्धी निर्देशनअनुसार चल्न तथा भारतीय मौसम विभाग (आईएमडी) ले जारी गर्ने विशेष मौसम बुलेटिनलाई अनुसरण गर्न सबैलाई आग्रह गरेको छ। नागरिकहरूलाई तत्काल मौसम अपडेट पाउन ‘Sachet App’ डाउनलोड गर्न पनि सुझाव दिइएको छ।
आपतकालीन अवस्थामा विपद् व्यवस्थापन टोलीसँग तुरुन्त सम्पर्क गर्न सकिने एसएसडिएमएले जनाएको छ। यसका लागि आकस्मिक सम्पर्क नम्बरहरू सार्वजनिक गरिएको छन्। राज्य आपतकालीन सञ्चालन केन्द्र (SEOC) का लागि 03592-201145, 202461 र 205256 सम्पर्क नम्बर उपलब्ध गराइएको छ भने ईआरएसएस (ERSS) का लागि 112 मा सम्पर्क गर्न सकिनेछ। नाम्चीका लागि 03595-263009, गेजिङका लागि 03595-250633, मागनका लागि 03592-281007, पाकिमका लागि 03592-200024 र सोरेङका लागि 03595-291660, 7363968503 तथा 7365969673 नम्बर सार्वजनिक गरिएको छ जसमा मानिसहरूले आपतकालीन अवस्थामा सम्पर्क गर्न सक्नेछन्।
नागरिकहरूको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिंदै प्राधिकरणले आपतकालीन अवस्थामा आवश्यक सावधानी अपनाउन र अन्यलाई पनि सुरक्षित राख्न सहयोग आग्रह गरेको छ।


Leave a Comment