loader

Breaking News

हाम्रो खबरद्वारा तीनजना पत्रकार अभिनन्दित

Image
 

हाम्रो खबर सिक्किमले वरिष्ठ पत्रकार तथा प्रेस क्लब अफ् सिक्किमका महासचिव डिल्लीराम दुलाल, समिट टाइम्स अंग्रेजी समाचार पत्रका सम्पदक पुरण तामाङ अनि सिक्किम जनखबर डिजिटल मिडियाका सम्पादक एनबी घिमिरेलाई अभिनन्दन जनाएको छ। आज गेजिङस्थित सार्वजनिक भवनमा हाम्रो खबरको पाँचौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमबीच तानजना पत्रकारलाई अभिनन्दन जनाएको हो।

पत्रकार दुलाल हिमाली बेला दैनिक समाचार-पत्रका सहसम्पादक हुन् भने आकाशवाणी गान्तोकका समाचार संवाददाता पनि हुन्। यसअघि समय दैनिकका सम्पादकसम्म रहेका पत्रकार दुलालले दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता जगतमा सेवा पुर्‍याउँदै आइरहेका छन्।

2003-04 देखि सिक्किमको पत्रकारिता क्षेत्रमा संलग्न रहेका पुरण तामाङले अंग्रेजी दैनिक नाउबाट आफ्नो पत्रकारिता जीवन अघि बढाएका हुन। कतिपय कारणवश नाउ बन्द भएपछि उनले समिट टाइम्स नामक अंग्रोजी दैनिक शुरु गरेका हुन। हाल समिट टाइम्सको समाचार पत्रसँगै डिजिटल मिडिया पनि सञ्चालनमा छ।

एनबी घिमिरे सिक्किमका युवा पत्रकार हुन। स्वतन्त्र आवाज नामक डिजिटल मिडियाबाट सिक्किमको पत्रकारिता क्षेत्रमा आफ्नो योगदान दिन शुरु गरेका एनबी घिमिरेले 2024 देखि सिक्किम जनखबर नामक डिजिटल मिडिया सञ्चालन गरिरहेका छन्।

जानकारी गराइन्छ, हाम्रो खबर डिजिटल मिडिया पत्रकार रुद्र कौसिक अनि पारु शर्माले सञ्चालन गरिरहेका छन्।


Leave a Comment