loader

Breaking News

मुख्यमन्त्रीद्वारा श्रीकृष्ण प्रणामी मन्दिरमा पूजा अर्चना

Image
 

सिक्किमका मुख्यमन्त्री पीएस गोलेले आईतबार बिहान मङ्गलधामस्थित पवित्र श्रीकृष्ण प्रणामी मन्दिरमा पुगेर पूजा अर्चना गरेका छन्।
मुख्यमन्त्रीले भगवान् श्रीकृष्णसँग सिक्किम राज्य र यहाँका जनताको शान्ति, कल्याण र समृद्धिको कामना गर्दै प्रार्थना र पूजा गरेका हुन्।
"भगवान कृष्णको दिव्य आशीर्वाद सधैं हामीमाथि रहोस्" भन्दै मुख्यमन्त्रीले आध्यात्मिक शक्तिले राज्यलाई प्रगति र सद्भावको मार्गमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास व्यक्त गरेका मुख्यमन्त्री कार्यालयले जनाएको छ। 


Leave a Comment