loader

Breaking News

केन्द्रिय गृहमन्त्री अमित शाह 26 अक्टोबरमा सिक्किम आउने

Image
 

केन्द्रिय गृहमन्त्री तथा सहकारिता मन्त्री अमित शाह आगामी 26 अक्टोबरमा सिक्किम भ्रमणमा आउने भएका छन्। गान्तोकको मानन केन्द्रमा आयोजना हुने राष्ट्रिय सहकारी सम्मेलन–2025 मा मुख्य अतिथिका रूपमा सहभागिता जनाउन अमित शाह सिक्किम आउने तय भएको छ। 
“सहकारबाट समृद्धि, समृद्धिबाट सशक्त भारत” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त सम्मेलनमा देशभरका सहकारी नेताहरू र सदस्यहरू सहभागी हुनेछन्। यस कार्यक्रमले सहकारी आन्दोलनलाई थप सुदृढ गर्ने र अन्तर्राष्ट्रिय सहकारी वर्ष 2025 लाई सार्थक बनाउने उद्देश्य लिएको छ।
गृह मन्त्रीको आगामी भ्रमणलाई लिएर आज बुधबार सम्मान भवनमा मुख्यमन्त्री पीएस गोलेको अध्यक्षतामा समन्वय बैठक आयोजन भयो। यस अवसरमा अमित शाहको भ्रमण तथा कार्यक्रमसम्बन्धी तयारी, सुरक्षा व्यवस्था, आवास, यातायात र अन्य आवश्यक व्यवस्थाहरूको समीक्षा गरिएको थियो। बैठकमा मुख्यमन्त्रीले सबै सम्बन्धित विभागहरूलाई तोकिएका काम समयमै सम्पन्न गर्न निर्देशन दिइएका छन्।
अमित शाहको भ्रमणका क्रममा उनले केही महत्वपूर्ण विकास योजनाहरूको भर्चुअल उद्घाटन र शिलान्यास पनि गर्ने कार्यक्रम रहेको जनाइएको छ। 
आजको बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी नोभेम्बर महिनाको सम्भावित सिक्किम भ्रमणसम्बन्धी तयारीहरूबारे पनि प्रारम्भिक छलफल गरिएको छ।

 


Leave a Comment