loader

Breaking News

7 वर्षीय बालिका पहिरोबाट जीवितै उद्धार; तीनजनाको मृत्यु

Image
 

पश्चिम सिक्किमको अप्पर रिम्बीमा गएको भीषण पहिरोमा परेका 7 वर्षीय बालकलाई जीवितै उद्धार गरिएको छ। उद्धार टोलीले आज बिहान लगभग 8 बजे जिवित उद्दार गरेपछि उपचारका लागि गेजिङ अस्पताल पठाइएको छ।  
गेजिङका पुलिस अधीक्षक छिरिङ शेर्पाले दिएको जानकारीअनुसार घटनास्थलबाट सात वर्षीय बालिका एन्जल राईलाई जिवित उद्दार गरिएको हो। 
उद्धार गरिएको बालकलाई तुरुन्तै गेजिङ अस्पतालमा उपचारका लागि लगिएको छ। सो क्षेत्रको उद्धार तथा खोजी कार्य निरन्तर जारी रहेको छ।
पुलिस अधिकारीका अनुसार पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको पुष्टि गरिएको छ। मृत्यु हुनेमा 53 वर्षीय भीम प्रसाद लिम्बू, 46 वर्षीय अनिता लिम्बू, 50 वर्षका विमल राईका रूपमा पहिचान खुलेको छ।
अघिल्लो रिपोर्ट अनुसार पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको बताइए पनि सात वर्षको बालकलाई जिवित उद्दार गरेपछि तीनजनाको मात्रै घटनामा ज्यान गएको पुष्टि भएको छ। अन्य जिवित उद्दार गरिएकी महिलाको नाम मनमाया रहेको बताइएको छ। 
जानकारी गराइन्छ, पश्चिम सिक्किम गेजिङ जिल्लाको याङथाङ निर्वाचन क्षेत्रमा पर्ने अप्पर रिम्बीमा मध्यरात झरेको भीषण पहिरोले तीनजनाको ज्यान गएको हो भने दुईजना गम्भीर घाइते भएका छन्। 


Leave a Comment