loader

Breaking News

माध्यमिक परीक्षा : कालेबुङ जिल्लामा मोठ 3211 विद्यार्थीले लेखिरहेछन् परीक्षा

Image
 

माध्यमिक परीक्षा : कालेबुङ जिल्लामा मोठ 3211 विद्यार्थीले लेखिरहेछन् परीक्षा

द हिमाल वर्ल्ड
कालेबुङ, 10 फरवरी 2025

10 फरवरी, सोमबारदेखि पश्चिम बंगालमा माध्यमिक परीक्षा शुरू भएको छ। राज्यका अन्य स्थानसरह सोमबारदेखि कालेबुङ जिल्लाका 17 वटा परीक्षा केन्द्रहरूमा पनि पश्चिम बंगाल माध्यमिक परीक्षा कड़ा निगरानीका साथ शुरू भएको छ। यो परीक्षा आगामी 22 फरवरीसम्म सञ्चालन हुनेछ।
यस वर्ष कालेबुङ जिल्लाबाट मोठ 3211 विद्यार्थीले परीक्षा लेखिरहेका छन्, जसमा 1675 छात्रा र 1536 छात्र रहेका छन्। परीक्षा बिहान 10.45 बजीदेखि दिउँसो 2 बजीसम्म एकै सत्रमा सञ्चालन हुनेछ।
परीक्षालाई स्वच्छ र निष्पक्ष बनाउन प्रशासनले कड़ा निगरानी अपनाएको छ। परीक्षा केन्द्रमा मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक उपकरणहरू पूर्ण रूपमा प्रतिबन्धित छन्। यदि कुनै परीक्षार्थीसँग यस्ता उपकरणहरू भेटिएमा उक्त विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गरिनेछ।
त्यस्तै, परीक्षा केन्द्रमा शौचालयहरूको समेत विशेष जाँच गरिने बताइएको छ। परीक्षा अवधिभर कुनै पनि अनुचित क्रियाकलाप (चिट-चोरी) रोक्नका लागि 600 अतिरिक्त पुलिस बल खटाइएको छ। पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डले अनुचित कार्यमाथि शून्य सहनशीलता (Zero Tolerance) नीति अपनाउने स्पष्ट गरेको छ।
परीक्षा केन्द्रहरूमा सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रशासनले कड़ा कदम चालेको छ। परीक्षा केन्द्रको 200 मिटरको परिधिमा धारा 144 लागू गरिएको छ, जसअनुसार ठूलो समूहमा भेला हुनबाटड रोक लगाइएको छ। यसको साथै, परीक्षा अवधिभरि परीक्षा केन्द्र नजिकका फोटो कपी पसलहरू बन्द राख्नुपर्ने प्रशासनले स्पष्ट गरेको छ। सुरक्षाका लागि पुलिसले परीक्षा केन्द्रहरूमा निरन्तर गस्ती गर्ने व्यवस्था मिलाएको छ। 
परीक्षालाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने लक्ष्यसहित प्रशासनले सबै आवश्यक उपायहरू अवलम्बन गरेको छ। परीक्षार्थीहरूलाई नियम पालना गर्न आग्रह गर्दै, परीक्षा संयोजकहरूले विद्यार्थीहरूले अनुशासन पालन गरी राम्रो परिणाम ल्याउने आशा व्यक्त गरेका छन्।


Leave a Comment