सिलगढी अनि संलग्न क्षेत्रमा आपराधिक गतिविधिहरू दिन प्रतिदिन बढ्दै गइरहेको छ। यसै क्रममा सिलगढीनजिक बाघडोग्रामा पुलिसले एक युवकलाई देशी बन्दुकसहित पक्राउ गरेको छ। पुलिसले बाघडोग्रा गुरुद्वारा नजिकै रहेको फ्लाईओभर मुनिबाट एक युवकलाई देशी बन्दुक र एक राउन्ड कारतूससहित पक्राउ गरेको बताइएको छ। सूत्रअनुसार, बिहीबार राति गोप्य सूचनाको आधारमा बाघडोग्रा थानाको सादा पोशाकमा रहेको पुलिसले उक्त क्षेत्रमा छापा मारेको थियो। उनीहरूले युवकलाई रोकेर सोधपुछ गर्नका साथै उसको तलासी लिइएको थियो। यसै क्रममा युवकबाट एक देशी बन्दुक र कारतूस बरामद भएको बताइएको छ। पक्रा परेका युवक बाघडोग्रा निवासी मोहम्मद अशरफुल हुन्। आरोपीलाई आज शुक्रबार सिलगढी अदालतमा पठाइयो। अर्कोतिर पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको बताइएको छ।
उल्लेखनीय छ, सिलगढीको प्रधाननगर थाना पुलिसको एन्टी क्राइम विङ्गले बुधबार राति सिलगढीको हिलकार्ट रोडमा छापा मारेर एउटा देशी बन्दुक र एक राउन्ड गोलीलहित एक युवकलाई पक्राउ गरेको थियो।
Leave a Comment