loader

Breaking News

एनएच 10 को समस्या समाधान गर्न सुरुङ र एलिवेटेड हाइवे निर्माणको सुझाव

Image
 


राष्ट्रिय राजमार्ग 10 को समस्या समाधान गर्न अल्पकालिक र दीर्घकालिक समाधानहरू प्रस्तुत गरिएको छ। जसअन्तर्गत अल्पकालिक समाधानहरूमा कटान नियन्त्रण उपाय, पैह्रोको जोखिम क्षेत्रहरूको स्थिरीकरण, ठाउँ ठाउँमा  एलिवेटेड हाइवेको निर्माण, केही भागहरूमा NH10 को विस्तार  र केही ठाउँमा सुरुङ निर्माण समावेश रहेको छ। दीर्घकालिक समाधानहरूमा पैह्रोको समस्या समाधान गर्न सुरुङ निर्माणसहित धेरै उपायहरू सुझाइएको छ। बिहीबार दार्जीलिङका सांसद राजु विष्टले केन्द्रीय उच्चस्तरीय टोलीसँग बसेको बैठकमा प्रोजेक्ट म्यानेजमेन्ट कन्सल्टेन्ट (PMC) ले उक्त सुझावहरू प्रस्तुत गरेका हुन्। 
सासंद विष्टले योजना र टेन्डर प्रक्रियाहरू मनसुन मौसममा नै पूरा होस् भनी सुनिश्चित गर्न चाँडो निर्णय लिने आफूले अधिकारीहरूलाई अनुरोध गरेको बताउँदै वर्षा रोकिने बित्तिकै काम सुरु गर्न र अर्को मनसुनअघि मार्चसम्ममा महत्वपूर्ण क्षेत्रहरूमा काम पूरा होस् भन्ने सुनिश्चित गर्न चांडो निर्णय लिन आवश्यक रहेको बताएका छन्।   
बिहीबार एनएच 10 लाई लिएर सांसद राजु विष्टले NHIDCL-का वरिष्ठ केन्द्रीय अधिकारीहरूसँग समीक्षा बैठक गरे। केन्द्रीय उच्चस्तरीय टोलीले हाल एनएच 10 को विस्तृत सर्वेक्षण गर्न र यसका समस्याहरूलाई सम्बोधन गर्ने उत्तम उपाय निर्धारण गर्न क्षेत्रको भ्रमण गरिरहेको छ। टोलीले राष्ट्रिय राजमार्ग 717 ए  को पनि भ्रमण गर्ने र चलिरहेको निर्माणकार्य र समस्याहरूको समीक्षा गर्ने सासंद विष्टले आफ्नो विज्ञप्तिमार्फत जनाएका छन्।
गत 20 अगस्तमा राष्ट्रिय राजमार्ग 10 को भ्रमणसम्बन्धि आफ्नो रिपोर्ट सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीलाई प्रस्तुत गरेको जानकारी गराउँदै सासंदले NH-10 को भ्रमण गर्न उच्चस्तरीय टोली पठाएकोमा मन्त्री गडकरीप्रति आभार पनि प्रकट गरेका छन्। 
यस वर्ष लामो समयसम्म सडक बन्द र ट्राफिक अवरोधहरू अनुभव गरिएको बताउँदै जसको कारण यस क्षेत्रका मानिसहरूलाई धेरै असुविधाहरू भएको  र NHIDCL ले त्यस्ता परिस्थितिहरू पुनः उत्पत्ति हुनबाट जोगाउन सक्रिय कदम चाल्नु पर्ने सांसदको भनाइ छ।


Leave a Comment