loader

Breaking News

भारत-नेपाल सीमा पानीट्याङ्कीबाट तीन बंगलादेशी नागरिक पक्राउ

Image
 


भारत-नेपाल सीमा पानीट्याङ्कीबाट फेरि तीनजना बंगलादेशी नागरिक पक्रा परेका छन्। गोप्य सूचनाको आधारमा, एसएसबीको 41औं बटालियनले तीन जनालाई पक्राउ गरी खोरीबारी पुलिसलाई सुम्पिएको बताइएको छ। 
जानकारीअनुसार पक्रा परेकाहरू अमल रोय, गौतम रोय र प्रीतम रोय हुन्। तर, भारत प्रवेश गरेपछि उनीहरूले आफ्नो नाम परिवर्तन गरेका थिए। उनीहरूलाई आफूलाई अमल बर्मन, गौतम बर्मन र प्रीतम बर्मन भनेर परिचय दिएका थिए र हाल उनीहरू तीनैजना पानीट्याङ्की क्षेत्रमा बस्दै आएको बताइएको छ। पक्रा परेकाहरूबाट बंगलादेशी नागरिकता प्रमाणपत्र बरामद गरिएको छ।
एसएसबी सूत्रअनुसार,5 दिसम्बर 2024 मा कोचबिहारको हल्दीबारी सीमाबाट अवैध रूपमा गौतम रोय भारत प्रवेश गरेका थिए। तिनी हाल पानीट्याङ्कीमा इलेक्ट्रिशियनको रूपमा काम गरिरहेका थिए भने प्रीतम रोय 1 अप्रेल 2024 मा पासपोर्ट भिजासहित भारत प्रवेश गरेका थिए। त्यसबेलादेखि तिनी भारतमा बस्दै आएको र हाल मिस्त्रीको काम गरिरहेको बताइएको छ। यसरी नै पक्रा परेका अर्का व्यक्ति अमल रोय यसै वर्षको फरवरीमा चेङ्ग्राबन्ध हुँदै भारत प्रवेश गरेका थिए। हाल तिनी पनि पानीट्याङ्कीमा टेलरको दोकानमा काम गरिरहेका थिए। पक्रा परेका तीनैजना एकै परिवारको रहेको बताइएको छ। एसएसबीले पक्रा परेका तीनैजना बंगलादेशीलाई खोरीबारी पुलिसलाई सुम्पिएको र आज बुधबार सिलगढी अदालतमा उनीहरूलाई पेश गरिने बताइएको छ।


Leave a Comment