आगामी 25 अगस्तको दिन शहीद मेजर दुर्गा मल्लको 81औँ बलिदान दिवस पालन गर्ने विषय लिएर बिहीबार शहीद मेजर दुर्गा मल्ल सालिक संरक्षण समितिको उपस्थितिमा एउटा सभा सम्पन्न भयो।
उक्त सभामा हेमिल्टनगञ्ज फरवार्डनगरस्थित शहीद मेजर दुर्गा मल्ल सालिक निर्माण औ संरक्षण समितिको पुर्व अध्यक्ष विनोद सुब्बा, कार्यकारी अध्यक्ष लाक्पा योञ्जन, सचिव ललित न्यासुर, कोषाध्यक्ष अनिल थापालगायत अन्यान्य सदस्यहरुको उपस्थिति रहेको थियो।
सभाको अन्त्यमा आगामी 25 अगस्तको दिन गोर्खा स्वाधीनता सेनानी 81औँ शहीद मेजर दुर्गा मल्लको बलिदान दिवस पालन गर्न आयोजक कमिटीको गठन गरियो।
नवगठित कमिटीमा अध्यक्षको पदमा समाजसेवी कैलाश छेत्री, उपाध्यक्षमा दिनेश सापकोटा र विजय छेत्री, मूलसचिवमा अनूप प्रधान, सहसचिवमा सन्दिप सुब्बा र अभिषेक शर्मा र कोषाध्यक्षमा अमित सापकोटालाई चयनित गरिएको बताइएको छ।
Leave a Comment