दशैँको मुखैमा जलपाइगढी जिल्लाअन्तर्गत पर्ने नगरकट्टा ब्लकको सुदुरवर्ती बामनडाङ्गा चियाकमानमा सस्पेन्सन अफ वर्कको नोटिस टाँसेर कमान प्रबन्धन पक्ष चम्पट कसेपछि चियाश्रमिकहरू सकसमा परेका छन्।
कमान प्रबन्धन पक्षले चियाश्रमिकहरूको बकाया वेतन पनि भुगतान नगरेको चियाश्रमिकहरूको आरोप छ। वेतन विषय लिएर गत दुई दिन अघि मात्र बामनडाङ्गा कमानको टण्डु डिभिजनका श्रमिकहरूले कमानका म्यानेजरलाई 6 किलोमिटरसम्म हिडाएर विक्षोभ प्रदर्शन गरेको आरोप पनि उठेको थियो।
सोही विषयलाई लिएर कमान प्रबन्धनपक्षले असुरक्षति अनुभव गरेर शुक्रबार चियाकमानमा सस्पेन्सन अफ वर्कको नोटिस टाँसेर चियाकमानबाट चम्पट कसेको बताइएको छ। कमान बन्दको कुरा चियाकमानभरि फैलिएरपछि चियाश्रमिकहरू अन्योलमा परेका छन्। दशैँ आउन अब धेरै दिन बाँकी छैन। यसैले दशैँको मुखमा नै यसरी कमान बन्दको नोटिस टाँसेर प्रबन्धनपक्ष भागेकोले चियाश्रमिकहरू बिचल्लीमा परेका छन्।
Leave a Comment