loader

Breaking News

सिलगढी-सेवोक कोरिडोरको लागि केन्द्रद्वारा 1400 करोड रुपियाँ स्वीकृत

Image
 

केन्द्र सरकारले सेवोक छाउनीलाई सेवोक बजारसम्म जोड्ने 14 किलोमिटर लामो एलिभेटेड कोरिडोरको निर्माणका लागि 14 सय करोड़ रूपियाँको स्वीकृति दिएको छ। दार्जीलिङका लोकसभा सांसद राजु विष्टले मङ्गलबार एउटा प्रेस विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराउँदै केन्द्र सरकारलाई धन्यवाद दिएका छन्। यो परियोजना आगामी तीन वर्षमा पूरा गरिइने र यसले यस क्षेत्रको विकासमा एउटा अर्को कोसेढुङ्गा स्थापित गर्ने उनले विज्ञप्तिमा जनाएका छन्।
अहिले सेवोकको रेलवे क्रसिङ्गका कारण ट्राफिक जामको सामना गर्न परिरहेका यात्रुहरूलाई यस कोरिडोरको निर्माणपछि सिलगढ़ीबाट कालेबुङ, दार्जीलिङ, डुवर्स वा सिक्किम आउ-जाउ गर्न सजिलो हुने आशा गरिएको छ। यो परियोजना सम्पन्न भएपछि पर्यटनका नयाँ अवसरहरू सिर्जना हुने पनि आशा व्यक्त गरिएको छ।   
सांसद विष्टले यसबाहेक आफू कोरोनेशन पुलको वैकल्पिक पुल, सिलगढ़ी रिङ्ग रोड परियोजना र सिलगढ़ीबाट बालासन र घूम हुँदै दार्जिलिङलाई जोड़्ने वैकल्पिक राजमार्ग पूरा गर्न अनि दार्जिलिङ शहरलाई दबाईपानी हुँदै टिस्टालाई जोड़्ने नयाँ राजमार्गको निर्माणका लागि प्रयास गरिरहेको पनि तिनले जनाएका छन्। यसका साथै बिजनबारीलाई नयाँ वैकल्पिक राजमार्गसँग जोड़्ने काममा लागिपरेको पनि तिनले जनाएका छन्।


Leave a Comment