मानव उत्थान सेवा समिति सिक्किमद्वारा सिक्किम भारतको अभिन्न अङ्गका रूपमा मान्यता प्राप्त गरेको ५०औँ वर्ष अर्थात् स्वर्ण जयन्तीको अवसरमा रम्फूमा दुईदिवसीय सद्भावना सम्मेलन आयोजना गरिरहेको छ।
कार्यक्रम १० र ११ अक्टोबर, २०२६ मा रम्फू खेल मैदानमा आयोजना हुनेछ। यस सद्भावना सम्मेलनलाई सम्बोधन गर्न सतपाल महाराज आज साँझ सिक्किम आईपुगेका छन्।
सिक्किम राज्य समितिका अध्यक्ष पूर्ण योञ्जनका अनुसार, कार्यक्रममा मानव धर्मका प्रणेता सतपालजी महाराज, विभुजी महाराज तथा भारतका विभिन्न राज्यहरुबाट आत्मज्ञान प्रचारक सन्त-महात्माहरूको उपस्थिति रहनेछ। उनीहरूले प्रवचन तथा आध्यात्मिक चर्चामार्फत उपस्थित जनसमुदायलाई आत्मज्ञान प्राप्तिका लागि प्रेरित गर्नेछन्।
योञ्जनले कार्यक्रमको पहिलो दिन सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित रहने बताए छन्। उनले राज्यवासीलाई परिवारसहित कार्यक्रममा सहभागी भई सद्गुरुदेव तथा सन्त-महात्माहरूको प्रवचन श्रवण गरेर आध्यात्मिक लाभ लिन आह्वान गरे।
कार्यक्रम बारे जानकारी दिँदै योञ्जनले दुईदिवसीय सम्मेलनमा १५ देखि २० हजार भक्तजन सहभागी हुने अपेक्षा गरिएको बताए।


Leave a Comment