सिलगढी नगरनिगमको बोर्ड बैठकबाट मेयर परिषद सदस्य दिलीप बर्मनलाई निकालिएको मुद्दाले शहरको राजनैतिक परिवेश उतप्त बनेको छ। बिहीबार राजवंशी समुदायले यस घटनाको कडा विरोध गर्दै सिलगढीको बानेश्वर मोडमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका थिए।
राजवंशी समुदायका मानिसहरूले लामो समयदेखि योजनाबद्ध रूपमा समुदायलाई उपेक्षा गरिएको आरोप लगाएका छन्। उनीहरूको भनाइअनुसार चुनावमा निर्वाचित राजवंशी पार्षदहरूलाई जानाजानी महत्वहीन बनाइएको छ। यसबाहेक, पार्षद पदको टिकट वितरणको समयमा पनि उनीहरूको समुदायका प्रतिनिधिहरूसँग भेदभाव गरिएको आरोप लगाइएको छ। प्रदर्शनकारीहरूले यदि गौतम देव वा रञ्जन सरकार आगामी विधानसभा चुनावमा सिलगढी वा डाबग्राम-फुलबारीबाट उम्मेदवार बने भने उनीहरूलाई भोटको माध्यमले उचित जवाफ दिइने चेताउनीसमेत दिएका छन्।
बिहीबार प्रदर्शनले गर्दा सडक जामका कारण बानेश्वर मोड र वरपरका क्षेत्रमा ट्राफिक जामको समस्या उत्पन्न भएको थियो। जानकारी पाएपछि आशिघर थाना पुलिस र ट्राफिक पुलिस घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा ल्याउने प्रयास गरे। पछि दिलीप बर्मन आफै घटनास्थलमा पुगे र प्रदर्शनकारीहरूसँग कुराकानी गरे। उनको आश्वासनपछि स्थिति शान्त बन्यो भने सडकबाट अवरोध पनि हटाइयो।
Leave a Comment