loader

Breaking News

नगरकट्टामा घरबाटै बालकलाई चितुवाले लग्यो : खेतमा भेटियो शव

Image
 

चितुवाले घरबाटै लगेर एक बालकलाई मारेको घटना प्रकाशमा आएको छ। डुवर्सको नगरकट्टास्थित आङ्ग्राभाषा 2 नम्बर ग्राम पञ्चायतअन्तर्गत पर्ने आङ्ग्राभाषा मौजाको खुटाबारीमा बुधबार साँझ उक्त घटना भएको हो। यो हृदयविदारक घटनापछि सम्पूर्ण क्षेत्र शोकमा डुबेको छ । घटनास्थलमा वन विभागले स्थानीयहरूको आक्रोशको सामनासमेत गर्नुपरेको थियो।

मृतक बालक 12 वर्षीय आल अमिन हक (करीमुल) हुन्। उनी केलाबारी टीई हाई स्कूलमा पढ्थे। घटना बानरहाटको मंगलकाटा चियाबगान नजिकै भएको हो । खुटाबारी एउटा ग्रामीण बस्ती हो, जसको पूर्वमा केलाबारी चिय बगान, पश्चिममा मंगलकाटा चियाबगान र नजिकै रंगती नदी बग्छ। चितुवा नजिकैको बगानबाट आएको बताइएको छ। मृतक बालकका परिवार विपन्न छ। बुबा खलील रहमान स्थानीय मस्जिदका मुएज्जिन हुन् र परिवार चलाउन दैनिक ज्यालादारी गर्ने गर्छन्। आमा अमिना खातुन गृहिणी हुन्। छोराको मृत्युपछि दुवै बोल्न सक्ने अवस्थामा छैनन्।

गोरुमारा वन्यजन्तु डिभिजनका एडीएफओ राजीव देले यो एकदमै दुःखद घटना रहेको बताउँदै आफूहरू शोकित परिवारको साथमा रहेको बताए।

यो शोकको कुनै भाषा छैन भनी नगरकट्टा पञ्चायत समितिका अध्यक्ष सञ्जय कुजुरले चाँडै परिवारलाई भेट्ने र सम्भव भएसम्म सबै सहयोग प्रदान गरिइने बताए।

स्थानीय सूत्रअनुसार साँझ अचानक चितुवाले घरको अगाडिबाट आल अमिनलाई मुखमा समातेर लगेको र लगभग 100 मिटर टाढा सडक पार गरेर बैगुन खेतमा पसेको थियो। केही मानिसहरूले यो दृश्य देखेपछि चिच्याउन थाले। कोलाहल सुनेर चितुवा बालकली त्यहाँ छोडेर भागेको बताइएको छ। पछि गाउँलेहरूले बालकको रगतले लतपतिएको शव बरामद गरेका थिए। घटनाको खबर फैलिने बित्तिकै ठूलो संख्यामा मानिसहरू भेला भएका थिए भने बानरहाट पुलिस र बिन्नागढी वन विभागका कर्मचारी पनि घटनास्थलमा पुगेका थिए।


Leave a Comment