कालचिनी खण्डको दलसिंहपाडा चियाबारी विगत 2023 सालदेखि बन्द रहेको र राज्य सरकारले बीचमा फौलाई भत्ता शुरु गरे तापनि विगत 6 महीनादेखि फौलाई भत्ता पनि बन्द गरिएकोले श्रमिकहरू मर्कामा परेका छन्।
यसै समस्या लिएर बिहीबार भाजपा निर्वाचित कालचिनी विधायक विशाल लामा श्रमिकहरुसँगै अलिपुरद्वार जिल्ला प्रशासनिक भवन डुवर्सकन्या पुगेका थिए।
तर सरकारी सूचनाले दलसिंहपाडा चियाबारी खुल्ला रहेको सुनेर श्रमिकहरु सबै दङ्ग परेका छन्।
यदि कमान खुल्ला हो भने कमानको मालिक खोई? भन्दै किन काँचो पत्ती टिपेर बेच्न परिरहेको प्रश्न तेर्साएका छन्।
Leave a Comment