द हिमाल वर्ल्ड
सिलगढ़ी, 7 जनवरी 2025 :
असमका प्रथम नेपालीभाषी गोर्खा आईपीएस अधिकारी असम पब्लिक सर्विस कमिशनका चेयरम्यान नियुक्त भएका छन्। अवकाशप्राप्त इन्स्पेक्टर जनरल अफ पुलिस (आइजीपी) देवराज उपाध्यायलाई असम सरकारले 7 जनवरी मंगलवार एउटा अधिसूचना जारी गर्दै असम लोकसेवा आयोगको अध्यक्षको रूपमा नियुक्त गरेको हो।
उल्लेखनीय छ, तेजपुर, शोणितपुर निवासी देवराज उपाध्यायले आईजीपी -को पदबाट गत 2023 –मा अवकाश प्राप्त गरेका थिए। उनकी पत्नी डा. शारदा उपाध्याय कालियाबोर कलेज नौगाउँकी एसोसिएट प्रोफेसरसितै इतिहास विभागीय प्रमुख हुन्। उनका छोरा दिग्विजय भारद्वाज गुवाहाटी उच्च न्यायालयका उकिल हुन् भने छोरी देवेङ्गना भारद्वाज हुन्।
आफ्नो सेवाकालमा उत्कृष्ट सेवा पुऱ्याए बापद् इण्डियन प्रेसिडेन्ट्स अवार्ड फर मेरिटोरियस सर्विस अनि इण्डियन प्रेसिडेन्ट्स अवार्ड फर डिस्टिङ्ग्युस सर्विसले उपाध्याय सम्मानित भएका थिए। उनी आफ्नो सेवाकालमा खूबै निष्ठावान अनि कर्तव्यपरायण व्यक्तिका रूपमा परिचित पनि थिए। असम लोकसेवा आयोगको अध्यक्षको रूपमा नियुक्त भएपछि उनलाई देशका विभिन्न संघ-संस्थाहरूले बधाई दिएका छन्।
Leave a Comment