पश्चिम बंगाल कृषि कल्याण विभागको पक्षबाट तथा अलिपुरद्वार जिल्ला र कालचिनी सह कृषि विकास विभाग र आत्मा प्रकल्पको पहलमा बिहीबार कालचिनी खण्डको लोथाबारी ग्राम पञ्चायत अन्तर्गत नाकाडाला विश्वनाथपाडा गाउँको खेतीयोग्य जमीनमा कालो नुनिया धानको बिरुवा रोपण गर्ने कार्यक्रम सम्पन्न भयो।
यस अवसरमा अलिपुरद्वार महकुमा सहकृषि अधिकारी रजत च्याटर्जी, कालचिनी सहकृषि अधिकारी प्रबोध कुमार मण्डल, अलिपुरद्वार जिल्ला परिषदका सभाधिपती स्निग्धा साइबो, आत्मा प्रकल्पको चेयरम्यान अधीर राय, कृषक प्रतिनिधि तथा शिक्षक घनश्याम छेत्री एवम् अन्यान्य कृषक सदस्यहरुको उपस्थिति रहेको थियो।
यस अवसरमा सरकारबाट प्रदत्त उन्नत प्रजातिको कालो नुनिया धानको बिरुवा क्षेत्रको प्रायः 25 कृषि परिवारलाई प्रदान गर्दै कृषि स्कूल अभियान अन्तर्गत रोपण गरिएको थियो।
Leave a Comment