loader

Breaking News

सिमलबारी दोकानलाइनमा पिउने पानी योजनाको उदघाटन

Image
 


सुकना ग्राम पञ्चायत क्षेत्रमा शुक्रवार पिउने पानी योजनाको विधिवत् उदघाटन गरियो। पन्ध्रौं केन्द्रिय वित्त आयोगद्वारा सुकनाको सिमलबारी संसद 1 दोकान लाइन क्षेत्रमा निर्मित गरिएको पिउने पानीको प्रकल्प पूरा गरी पञ्चायत पक्षबाट स्थानीय जनसाधारणलाई सुम्पिइने काम गरियो।
उक्त परियोजना मोठ 3 लाख 49 हजार 256 रुपियाँको लागत निर्माण भएको बताइएको छ।
यस अवसरमा ग्राम पञ्चायत प्रधान मञ्जु उराँव, उपप्रधान सुनील थापा, स्थानीय पञ्चायत सदस्य कल्याण बागदास, एसटीपी प्रभात गजमेर, सचिव पारसमणि मगर लगायत अन्यान्यको उपस्थिति थियो।
उल्लेखनीय छ, यस क्षेत्रमा दीर्घ दिनदेखि पिउने पानीको धेरै समस्या रहेको जनगुनासो रहिआएको थियो, जसलाई सुकना ग्राम पञ्चायतले यो परियोजना हातमा लिँदै यसलाई पूरा गरेर शुक्रवार यसको विधिवत उदघाटन भयो। क्षेत्रवासीको दीर्घलम्बित पिउने पानीको समस्या अब समाधान भएको उपप्रधान सुनील थापाले बताएका छन्।


Leave a Comment