loader

Breaking News

दुर्घटनामा ज्यान गुमाएका चियाश्रमिक परिवारलाई दिइयो क्षतिपूर्ति

Image
 


पिकअप भ्यान दुर्घटनामा ज्यान गुमाएका डुवर्सको नगरकट्टा ब्लकस्थित गठिया चियाकमानका तीन चियाश्रमिक परिवारलाई कमान प्रबन्धन पक्षले दुई लाख रूपियाँ गरेर क्षतिपूर्ति दिएको छ। मंगलबार चियाकमानका प्रबन्धक नवीन मिश्रले दुर्घटनामा ज्यान गुमाएका मनिषा नागसिया, सुन्दर माझी र मनिषा खालको-का परिवारलाई चेक हस्तान्तरण गरे। मृतक सबै खेरकटा गाउँका बासिन्दा हुन्। पहिला दुई जना एउटै परिवारका हुन्।  
मनिषा नागसियाका पति अमर माझीले भावुक बन्दै चेक स्वीकार गरे। उनी पनि त्यस दिन त्यही पिकअप भ्यानमा आफ्नी श्रीमतीसँग बिघा श्रमिकका रूपमा काम गर्न जाँदै थिए। मृतक सुन्दर माझीकी श्रीमती मुंगली सन्ताल र मनिषा खालकोका पति आशिष मिन्जादलाई पनि चेक गरियो। यसका साथै,  आफ्ना आफन्त गुमाएका पीडित परिवारहरूलाई खाद्यान्न र अन्य विभिन्न आवश्यक वस्तुहरू पनि प्रदान गरियो। नगरकट्टाका पूर्व विधायक तथा गठिया चियाकमानका वरिष्ठ कर्मचारी शुक्रा मुण्डाले उक्त पिकअप भ्यान दुर्घटनाप्रति शोक व्यक्त गर्नका लागि कुनै शब्द छैन भनी बताए। उनले क्षतिपूर्ति पर्याप्त छैन, तर पनि, कमानका अधिकारीहरूले पीडित परिवारहरूको साथमा उभिएर मानवता देखाएको बताए। यसको निम्ति उनले कमान प्रबन्धन पक्षलाई धन्यवाद पनि दिए। यस अवसरमा नगरकट्टा पञ्चायत समितिका अध्यक्ष सञ्जय कुजुर, लुक्सान ग्राम पञ्चायतका उप प्रधान सुरेश उराँव र अन्य उपस्थित थिए।
उल्लेखनीय छ, गत 25 अगस्त सोमबार, नगरकट्टा ब्लकको ग्रासमोड गठिया गेटमा चियाश्रमिकहरू सवार भएको पिकअप भ्यान दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो भने 17 जना घाइते भएका थिए।  नगरकट्टा ब्लकको खयरकट्टा बस्तीबाट लगभग 25-30 किलोमिटर टाडामा अवस्थित गठिया चियाकमानमा अस्थायी काम गर्नका लागि चियाश्रमिकहरू एउटा पिकअप भ्यानमा सवार भएर गइरहेको समय उक्त पिकअप भ्यान दुर्घटना भएको थियो।


Leave a Comment