यसपालि पनि पूजाको मुख्यमा आएर हाम्रा चियाश्रमिकहरूले बोनसको निम्ति कराउनु, चिच्याउनु नपरोस्। यसपालिको बोनस 20 प्रतिशत नै हुनुपर्छ।
उक्त मन्तव्य इण्डियन गोर्खा जनशक्ति फ्रण्टका ट्रेड यूनियन अध्यक्ष डीके गुरुङले पोखे।
31 जुलाई बिहीवार आईजीजेएफ ट्रेड यूनियन, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघका दार्जीलिङ, तराई अनि डुवर्सका केन्द्रीय प्रतिनिधिहरूले इण्डियन टी एसोसिएसन (आईटीए)-का सचिव अनि दार्जीलिङ टि एसोसिएसन (डीटीए)-का प्रिन्सिपल एडभाइजरीसित भेट गरे।
भेटपछि पत्रकारहरूसित बोल्दै आईजीजेएफ ट्रेड युनियन अध्यक्ष डीके गुरुङले आजको भेटमा विषेशगरी चियाश्रमिकले पाउनुपर्ने 2024-25 को बोनस सभा चाँडोभन्दा चाँडो डाकिनुपर्ने माग गरेको बताए। पूजाको मुख्यमा आएर हाम्रा चियाश्रमिकहरूले बोनसको निम्ति कराउनु, चिच्याउनु नपरोस् भन्दै तिनले यसपालिको बोनस 20 प्रतिशत नै हुनुपर्ने बताए।
Leave a Comment