loader

Breaking News

वर्धमानबाट सिटोङ घुम्न आएका पर्यटकको मृत्यु

Image
 

द हिमाल वर्ल्ड
खरसाङ, 16 जनवरी 2025 

दार्जीलिङ पहाड घुम्न आएका एक पर्यटकको मृत्यु भएको छ। जानकारीअनुसार खरसाङ खण्डको सिटोङ ग्राम पञ्चायत 3 अन्तर्गत पर्ने एउटा होमस्टेमा गत मंगलबार वर्धमानबाट 8 जना पर्यटक दार्जीलिङ पहाड घुम्न आएका थिए। तीमध्ये 55 वर्षीय राजनारायण दे अचानक बिरामी भएपछि तिनलाई बुधबार रम्बी अस्पताल लगियो, तर जाँचपछि डाक्टरहरूले तिनलाई मृत घोषित गरे। घटनाबारे जानकारी पाएपछि रम्बी पुलिसले मृतक दे-को शवलाई पोस्टमार्टमका लागि कालेबुङ जिल्ला अस्पताल पठाएको छ।  मृतक राजनारायण दे पूर्वी वर्धमान निवासी आनन्द देका छोरा रहेको जानकारी प्राप्त भएको छ। 
घटनाबारे जानकारी दिँदै होमस्टेका मालिक अनुजराज राईले आठ पर्यटक वर्धमानबाट आएको, तीमध्ये एक जनाको स्वास्थ्य अचानक बिग्रेपछि साँझ केही औषधि दिइए पनि स्वास्थ्यमा सुधार नआएको बताए। बुधबार बिहान 6 बजी तिनलाई उपचारको लागि रम्बी स्वास्थ्य केन्द्र लगिए पनि रम्बी अस्पतालका डाक्टरले पर्यटकलाई मृत घोषित गरेको पनि तिनले बताए।
उल्लेखनीय छ, गत केही दिनमा पहाड घुम्न आएका पर्यटकको मृत्यु भएको  यो तेस्रो घटना हो। यसअघि पनि दार्जीलिङ घुम्न आएका दुईजना पर्यटकको मृत्यु भएको थियो।


Leave a Comment