loader

Breaking News

विद्यार्थी महासंघले जनायो डा. विनायक सुन्दासलाई सम्मान

Image
 

अखिल भारतीय गोर्खा विद्यार्थी महासंघले डा. विनायक सुन्दासलाई सम्वर्द्धना जनायो। सोमवार उत्तर बंग विश्वविद्यालयमा स्थित डा. सुन्दासको कार्यालयमा विद्यार्थी महासंघको एउटा प्रतिनिधि टोलीले भेट गर्दै उनलाई सम्वर्द्धना जनाएको हो।
उल्लेखनीय छ, डा. विनायक सुन्दास उत्तरबंग विश्वविद्यालयको हिमालयन स्टडीज केन्द्रका निदेशक हुन्।
स्मरण गराइन्छ, गत 20 अगस्तको दिन 34औं भाषा मान्यता दिवसको अवसरमा दार्जीलिङमा विद्यार्थी महासंघद्वारा आयोजित समारोहमा डा. सुन्दासलाई सम्वर्द्धना जनाइने पूर्वनिर्धारित कार्यक्रम रहे पनि उनका हजुरबुवाको देहान्तको कारण उनी सो समारोहमा उपस्थित हुन सकेका थिएनन्। सोही कारण 15 सेप्टेम्बर सोमवार महासंघ टोलीले उनैको कार्यालयमा गई उनलाई सो सम्वर्द्धना जनाउने काम गऱ्यो।
सम्वर्द्धना जनाउने टोलीमा महासंघका कार्यकारी अध्यक्ष विश्वास छेत्री, केन्द्रिय प्रवक्ता राकेश ढकाल, केन्द्रिय सदस्य लेखनाथ गिरी, सुकना ब्लक अध्यक्ष किरण राई रहेका थिए।
पहिलोपटक यस कुर्सी अनि कार्यलयमा आफूले ढाका टोपी लगाएर बस्ने अवसर पाएको अनि विद्यार्थी महासंघबाट यसरी सम्मानित भएकोमा आफूलाई गर्व अनुभव भइरहेको डा. सुन्दासले बताए।


Leave a Comment