loader

Breaking News

आरजीकर मामिलाको मुख्य आरोपी सञ्जय रोय दोषी ठहर

Image
 

द हिमाल वर्ल्ड
सिलगढी, 18 जनवरी 2025

कोलकाताको चर्चित आरजी कर मेडिकल कलेज एवम् अस्पतालमा ट्रेनी महिला डाक्टरको दुष्कर्म र हत्या मामिलामा सियालदाह अदालतले मुख्य आरोपी सञ्जय रोयलाई दोषी ठहर गरेको छ। जज अनिर्बान दासले दोषी रोयलाई भारतीय न्याय संहिताको धारा 64, 66 र 103 अन्तर्गत दोषी ठहराएका हुन्। सियालदाह कोर्टका अतिरिक्त जिल्ला एवम् सत्र न्यायाधीश अनिर्बान दासले मुद्दा शुरू भएको 57 दिनपछि यो फसेला सुनाएको हो। यो मुद्दाको सुनुवाइ 11 नोभेम्बरमा सुरू भएको थियो। न्यायधीशले सञ्जय रोयलाई दोषी ठहर गर्दै आफ्नो टिप्पणीमा भने 'तिमीलाई सजाय हुनुपर्छ।' दोषी रोयविरुद्ध 20 जनवरी सोमबार सजाय तय गरिइनेछ। दोषी रोयलाई मृत्युदण्ड अथवा आजीवन कारावासको सजाय हुने जानिफकारहरूले बताएका छन्।
 तबसम्मका लागि रोयलाई न्यायिक हिरासतमा पठाइएको छ। उल्लेखनीय छ, गत वर्षको 9 अगस्तमा आरजीकर अस्पतालको सेमिनार हलमा एक ट्रेनी महिला डाक्टरको शव फेला परेको थियो। अनुसन्धानले पीडितको दुष्कर्म भएको र हत्या भएको पत्तो लगाएको थियो । कोलकाता पुलिसले सीसीटीवी फुटेज र क्राइम सीनबाट प्राप्त साक्ष्यको आधारमा कोलकाता पुलिसले सिविक भोलेन्टियर सञ्जय रोयलाई पक्रा गरेको थियो। घटनापछि पश्चिम बंगालमा धेरै हंगामा मच्चियो भने घटनाको विरोधमा देशभरि प्रदर्शन भएको थियो। यस मामिलामा दोषीलाई कडा सजायको माग गर्दै डाक्टरहरूले लामो समयदेखि विरोध प्रदर्शन गरिरहेका थिए। पछि यस मामिलामाको अनुसन्धानको दायित्व कलकत्ता उच्च अदालतले सीबीआईलाई सुम्पिएको थियो अनि सीबीआईले यसपछि आफ्नो जाँच शुरू गरेको हो। सीबीआईले आफ्नो चार्जसिटमा सञ्जय रोयलाई मुख्य आरोपी बताउँदै कोर्टसँग मृत्युदण्डको सजायको माग गरेको थियो।


Leave a Comment