loader

दुष्यन्त गौतम सिक्किमका नयाँ राज्यपाल नियुक्त

Image
 

राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय जनता पार्टी (भाजपा) वरिष्ठ नेता तथा पूर्व सांसद दुष्यन्त गौतमलाई सिक्किमको नयाँ राज्यपाल नियुक्त गरेकी छन्। सोमबार घोषणा गरिएको राज्यपालहरूको व्यापक फेरबदलअन्तर्गत गौतमलाई सिक्किमको जिम्मेवारी दिइएको हो।

दुष्यन्त गौतमले वर्तमान राज्यपाल ओमप्रकाश माथुरको स्थान लिनेछन्। माथुरलाई केरला राज्यको राज्यपाल नियुक्त गरिएको छ।

घोषणाअनुसार केरलाका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरलाई तमिलनाडु स्थानान्तरण गरिएको छ। त्यस्तै, ब्रजमोहन रामलाई ओडिशा, डा. सुधा यादवलाई कर्नाटक र डा. धल सिंह बिसेनलाई उत्तराखण्डको राज्यपाल नियुक्त गरिएको छ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त राज्यपालहरूको नियुक्ति उनीहरूले आ–आफ्नो पदभार ग्रहण गरेको मितिदेखि लागू हुनेछ।


Leave a Comment