गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन अन्तर्गत 34 नम्बर समष्टिको लाश खोलादेखि लोवर राई गाउँसम्मको बहुप्रतिक्षित सड़क निर्माण कार्यको आइतबार शिलान्यास गरियो। लगभग 1 करोड़ 40 लाख रूपियाँ लागत खर्चमा 2 किलोमीटरको सड़कको निर्माण हुने बताइएको छ। पथश्री योजना मार्फत् निर्माण हुन लागेको उक्त सड़कको शिलान्यास कालेबुङ विधायक रूदेन सादा लेप्चाले गरे भने यस कार्यक्रममा क्षेत्रीय सभासद् विकास राई, विरूद राई फाउन्डेसनका सेडलर बिराज राई, सहअभियन्ता दीपक थापा, भालुकोप ग्राम पञ्चायत उपप्रधान फुर्बा भोटियासहित स्थानीय गणमान्य व्यक्तिहरूको उपस्थिति थियो।
समारोहलाई सम्बोधन गर्दै विधायक लेप्चाले सडक निर्माण कार्य सम्पन्न भएपछि यस क्षेत्रको सामाजिक–आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए।
Leave a Comment