नगरपालिका चुनाउ 2026 लाई ध्यानमा राख्दै मंगलवार भारतीय गोर्खा जनशक्ति फ्रन्ट (IGJF), कालेबुङ जिल्ला समितिले चुनाउ कमिटी गठन गरेको छ।
पार्टी कार्यालयमा बसेको सभाले 18 सदस्यीय चुनाउ कमिटी गठन गरेको घोषणा गरेको हो।
चुनाउ कमिटीमा प्रमुख संयोजकका रूपमा त्रिभुवन सामसुहाङसितै सदस्यहरूमा क्रमैले लाजरस तामाङ, दिपेन शेर्पा, श्याम गौतम, सोमन काबो, दुर्गा बस्नेत, असिम देवान, वर्णन बिट्टु लेप्चा, पिटर लेप्चा, निमा भुटिया, विजय छेत्री, विजय प्रधान, पासाङ शेर्पा, पुचुङ भुटिया, प्रणय प्रधान, इमियान अमहद, सरोज प्रधान अनि कृष्ण विश्वलाई चयन गरिएको बताइएको छ।


Leave a Comment