loader

Breaking News

सिक्किम सरकारप्रति जनायो जोइन्ट एक्सन कमिटी कालेबुङले आभार

Image
 

मोटर भेहिकल डिभिजन, ट्रान्सपोर्ट डिपार्टमेन्ट, सिक्किम सरकारद्वारा प्रदान गरिएको सम्बर्द्धनाप्रति अल गुड्स केरियर जोइन्ट एक्सन कमिटी कालेबुङले आभार व्यक्त गरेको छ।

कमिटीको तर्फबाट बिहीबार सचिन थापा मगरले सिक्किम सरकार तथा सम्बन्धित विभागप्रति कृतज्ञता प्रकट गर्दै भने, “हामीले सिक्किमप्रति सधैँ देखाएको मैत्रीय र सहयोगी व्यवहारकै प्रतिफलस्वरूप यो सम्मान प्राप्त भएको हो।”

उनले सिक्किम र कालेबुङबीचको आपसी समन्वय र समझदारीलाई अझ सुदृढ बनाउँदै लैजान आफूहरू प्रतिबद्ध रहेको पनि उल्लेख गरे।


Leave a Comment