loader

Breaking News

गोरुबथान : पाँच परियोजनाको उद्‌घाटन, 25 नयाँ योजनाको शिलान्यास

Image
 

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) अन्तर्गत 26 करोड रुपियाँ लागतका पाँच परियोजनाको उद्‌घाटन अनि 25 नयाँ योजनाको शिलान्यास शनिवार गोरुबथानको सोमबारे बजारमा एउटा विशेष समारोहबिच गरियो। 
कार्यक्रमका प्रमुख अतिथि जीटीएका मुख्य कार्यपाल अनित थापाको उपस्थितिमा परियोजनाको उद्‌घाटन अनि शिलान्यास कार्यक्रम सम्पन्न भएको हो। 
उक्त अवसरमा जीटीएका वरिष्ठ अधिकारी, कालेबुङ विधायक रुदेन सादा लेप्चा, सभासद रतन थापा, अन्य सभासदहरू, जिल्ला प्रशासनका अधिकारी, पञ्चायत समिति सदस्य तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति  थियो।
उद्‌घाटन गरिएका 5  योजनामध्ये शेर्पा गाउँ प्राथमिक स्वास्थ्य केन्द्र, एउटा सामाजिक भवन अनि दुइवटा सडक निर्माण रहेका छन् भने यी परियोजना मोठ 5.65 करोड़ रुपियाँको लागतमा पूरा भएको बताइएको छ। यससँगै शिलान्यास 25 नयाँ योजना अन्तर्गत जसमा मल्टिलेबल पार्किङ, नयाँ सामुदायिक भवनहरू, अग्निशमन केन्द्र प्रमुख रूपमा रहेको छ।
उल्लेखनीय छ,  जीटीएको मागअनुसार पश्चिम बंगाल सरकारले गत नोभेम्बर 2025 मा उक्त नयाँ अग्निशमन केन्द्रका लागि प्रशासनिक स्वीकृति प्रदान गरेको थियो, जसको कुल लागत रू 4.
85 करोड स्वीकृत गरिएको हो। अग्निशमन केन्द्र निर्माणका लागि अप्पर फागुमा जग्गा पहिचान भइसकेको छ।


Leave a Comment