loader

Breaking News

कालेबुङमा फुटबल प्रतियोगिता शुरु

Image
 

कालेबुङ स्पोर्ट्स एसोसिएसनको आयोजनामा शुक्रबारदेखि स्वतन्त्रता दिवस फुटबल प्रतियोगिता शुरू हुने भएको छ। प्रतियोगितामा स्थानीय चार टिमसहित बाहिरका विभिन्न स्थानबाट आएका टिमसहित मोठ 15 टिमहरूले सहभागिता जनाउँदैछन्।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। बिहीबार ग्राउन्डको मरम्मत, लेबलिङ, नयाँ बालुवा भरिने कार्यसहित सरसफाइ कार्य तीव्र गतिमा भइरहेको एसोसिएसनले जनाएको छ।

एसोसिएसनका तर्फबाट निर्मल राईले प्रतियोगिता सफल बनाउनका लागि दर्शकहरूको उपस्थिति अत्यन्त आवश्यक रहेको बताउँदै सबैलाई उपस्थित भई हौसला प्रदान गर्न आग्रह गरेका छन्।


Leave a Comment