भारतीय जनता पार्टी (भाजपा) दार्जीलिङ–कालेबुङ जिल्ला अध्यक्ष सञ्जिव तामाङको अध्यक्षतामा कालेबुङ जिल्लास्थित दलीय कार्यालयमा एक विशेष बैठक सम्पन्न भयो।
सभामा नयाँ जिल्ला पदाधिकारीहरूको सहभागिता रहेको थियो। बैठकमा पार्टी संगठनलाई अझ सबल बनाउने विषयमा गहन छलफल गरिएको जिल्ला अध्यक्ष तामाङले पत्रकार सम्मेलनमार्फत जानकारी दिए।
उनका अनुसार, बैठकमा संगठनात्मक संरचना, आगामी कार्यक्रमहरू, जनतामाझ पुग्ने तरिका लगायतका विषयमा विस्तृत चर्चा परिचर्चा गरियो।
सञ्जिव तामाङले यहाँको राजनीतिक संस्कारलाई बलियो बनाउन पार्टी निरन्तर पहल गरिरहेको उल्लेख गर्दै केन्द्र सरकारसमेत यहाँका समस्या समाधानप्रति गम्भीर रहेको बताएका छन्।
Leave a Comment