loader

Breaking News

कालेबुङमा 17औं मिस्टर कालेबुङ बडिबिल्डिङ च्याम्पियनशीप सम्पन्न

Image
 

कालेबुङ डिभिजनल बडिबिल्डिङ एन्ड फिटनेस एसोसिएशनको आयोजनामा कालेबुङ टाउन हलमा 17औं मिस्टर कालेबुङ बडिबिल्डिङ च्याम्पियनशीप, पहिलो अमेच्योर बडिबिल्डिङ च्याम्पियनशीप तथा पहिलो महिला स्पोर्ट्स मोडल च्याम्पियनशीप भव्य रूपमा सम्पन्न भयो।  
कार्यक्रममा मुख्य अतिथिका रूपमा कालेबुङ विधायक रूदेन सादा लेप्चा उपस्थित थिए भने विशिष्ट अतिथिहरूमा जीटीए युवा सेवा तथा खेलकुद विभागका भारप्राप्त सभासद भुपेन्द्र बम्जन र 35 नम्बर समष्टि सभासद सुमन गुरूङ आदिको विशेष उपस्थिति रहेको थियो।
प्रतियोगितामा 50 जना बडिबिल्डरहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा 187.5 केजी बेञ्च प्रेस लिफ्ट रेकर्ड बनाउने सिद्धान्त सुन्दास र मिस्टर युनिभर्स सिल्भर मेडलसहित मिस्टर इन्डिया, मिस्टर जीटीए, मिस्टर तिब्बतन जस्ता उपाधि जितेका हिस्से भोटियालाई विशेष सम्मान गरिएको थियो।


Leave a Comment