loader

Breaking News

चलचित्र जार रूसको अलानिया फिल्म फेस्टिबल 2025-मा

Image
 

नेपाली कथानक चलचित्र जार रूसको अलानिया फिल्म फेस्टिबल 2025 –मा मुख्य प्रतियोगिताका लागि छनौट भएको चलचित्रका निदेशक फुर्बा छिरिङ लामाले द हिमाल वर्ल्डलाई बताएका छन्। 
चलचित्र जार यसरी अन्तरराष्ट्रिय फेस्टिबलमा प्रतियोगिताका छनौट हुनुको श्रेय सिक्किमका मुख्यमन्त्री पीएस गोले, चलचित्र कथाका लेखक स्व. इन्द्रबहादुर राई, आईपीआर सिक्किम सरकार लगायत चलचित्र परिवार, प्रायोजक अनि शुभचिन्तकहरूलाई दिँदै उनले सबैप्रति आभार व्यक्त पनि गरेका छन्।
जार आधिकारिक रूपमा अलानिया फिल्म फेस्टिभल 2025-मा मुख्य प्रतियोगिताका लागि छनौट भएको अनि यसको रूसी प्रिमियर यसै सेप्टेम्बर महिनामा हुने बताइएको छ।
जार चलचित्रको प्रदर्शन रूसका दुई ऐतिहासिक स्थलहरू पाथे सिनेमा  अनि कोस्टा खेतागुरोभ पार्कमा हुने फेरी टेल पिक्चर्स एण्ड जारले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ।
अलानिया फिल्म फेस्टिबलले समय, इतिहास, सम्पदा र सांस्कृतिक पहिचानलाई प्रतिध्वनि गर्ने विश्वभरिका फिल्महरूलाई एकसाथ ल्याउँदछ। यस वर्ष 25 देशहरूमा 300 सबमिशनहरूबाट, क्युरेटरहरूले 39 फिल्महरू - फिक्शन, वृत्तचित्र, प्रयोगात्मक र एनिमेसन छनोट गरे, जुन महोत्सव पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन्। तिनीहरूमध्ये नेपाली चलचित्र जार पनि एउटा परेको हो। 
उल्लेखनीय छ, वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामाथि आधारित चलचित्र ‘जार’-गत 9 मईदेखि प्रदर्शनमा आएको हो। चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जलि थापा लगायतका कलाकार छन् भने चर्चित गायिका झुमा लिम्बू र गंगा थापाको यसमा गीत-संगीत रहेको छ। दर्शकहरूबाट यस चलचित्रले धेरै माया र प्रशंसा पनि पाएको छ।


Leave a Comment