विश्वका सबैभन्दा धनी व्यक्ति को हुन् त?
जब संसारको सबैभन्दा धनी व्यक्तिको कुरा आउँछ, तब हाम्रो दिमागमा तुरुन्तै इलन मस्क, बिल गेट्स, जेफ बेजोस, मुकेश अम्बानी, लक्ष्मी मित्तलजस्ता व्यक्तिहरूको नाम आउँदछ। यिनीहरूलाई संसारकै सबैभन्दा धनी व्यक्तिको रूपमा चिनिन्छ। तर अमेरिकामा एक यस्ता व्यक्ति छन्, जो यिनीहरूभन्दा पनि धनी छन्, तर उनको नाम कुनै पनि अरबपतिको सूचीमा परेको छैन । यिनलाई आधा अमेरिकाको मालिकसमेत भनिन्छ..
हामीले यहाँ कुरा गरिरहेका व्यक्तिको नाम हो ल्यारी फिङ्क...
ल्यारी फिङ्क अमेरिकाका ती व्यक्ति हुन् जोसँग जनताको सबैभन्दा ठूलो पूँजी छ। फिङ्क ब्ल्याक-रक एसेट म्यानेजमेन्ट कम्पनीका सीईओ हुन्, जो 7.4 ट्रिलियन डलर सम्पत्तिका साथ विश्वको सबैभन्दा ठूलो एसेट म्यानेजमेन्ट कम्पनी अर्थात् सम्पत्ति व्यवस्थापन कम्पनी बनेको छ। नोभेम्बर 2024 सम्म ब्ल्याक-रक एसेट म्यानेजमेन्ट कम्पनीको मार्केट क्याप 12.808 ट्रिलियन रुपियाँ रहेको छ। मार्केट क्यापको हिसाबमा, ब्ल्याक रक विश्वको सबैभन्दा धनी कम्पनीहरूको सूचीमा 102औं स्थानमा पर्दछ।
एसेट म्यानेजमेन्ट व्यवसाय के हो त?
वास्तवमा, एसेट म्यानेजमेन्ट फर्म, म्युचुअल फन्ड व्यवसाय गर्ने कम्पनी हो। जहाँ करोडौं मानिसहरूले आफ्नो पैसा लगानी गर्छन्। त्यसपछि यो एसेट म्यानेजमेन्ट अर्थात् सम्पत्ति व्यवस्थापन फर्मले विश्वभरका कम्पनीहरूमा लगानी गर्छ। मुख्य कुरा के भने ब्ल्याक-रकको एसेट अन्डर म्यानेजमेन्ट कारोबार 11 लाख 50 हजार करोड डलर पुगेको छ ।
ब्ल्याक-रक कम्पनीसँग धेरै सार्वजनिक जमा पुञ्जीहरू छन्। चाखलाग्दो कुरा के छ भने, ब्लाक-रकको हैसियत अमेरिकाको जीडीपी-को लगभग आधा छ। त्यसैले ल्यारी फिङ्कलाई आधा अमेरिकाको मालिक पनि भन्न सकिन्छ। उनी विश्वका धेरैवटा देश किन्नसमेत सक्छन्। किनकी उनले जनताको ठुलो रकम व्यवस्थापन गर्छन् । विश्वका हरेक ठूला कम्पनीमा ब्ल्याक-रक कम्पनीको सेयर छ । यसमा धेरै भारतीय कम्पनीहरु पनि परेका छन् ।
त्यसो भए ल्यारी फिङ्क किन अरबपतिहरूमा गनिँदैनन् त?
अब प्रश्न के उठ्छ भने ब्ल्याक-रकसँग यति धेरै सम्पत्ति भए पनि ल्यारी फिङ्कको नाम विश्वका धनी व्यक्तिको सूचीमा किन परेन? यसको कारण के हो भने कम्पनीसँग रहेको पैसा सार्वजनिक पूँजी हो अर्थात् जनताको पैसा, जुन ब्ल्याक-रकले केवल व्यवस्थापन गर्दछ। यसैले ल्यारी फिङ्क व्यक्तिगत रूपमा अरबपतिहरूको सूचीमा पर्दैनन्।
फोर्ब्स पत्रिकाका अनुसार अप्रेल २०२२ मा ल्यारी फिङ्कको मोठ सम्पत्ति 1 अर्ब अमेरिकी डलर अनुमान गरिएको थियो। उनको कम्पनीसँग धेरै अर्बपतिहरूको भन्दा धेरै पैसा छ। ल्यारी फिङ्कको एउटै निर्णयले विश्वभरको शेयर बजारमा हलचल मच्चाएको तथ्यबाट उनको हैसियतको अनुमान लगाउन सकिन्छ ।
Leave a Comment