loader

Breaking News

अखिल भारतीय आदिवासी विकास परिषद्को अञ्चल कमिटी गठन

Image
 

अखिल भारतीय आदिवासी विकास परिषद्को नेतृत्वमा कालचिनी ब्लकका 11 ग्राम पञ्चायत क्षेत्रको प्रायः 275 बूथसम्म संगठन विस्तार गर्ने उद्देश्यले अञ्चल कमिटी गठन कार्य अघि बढाइएको छ। परिषद्को मूल लक्ष्य शिक्षा प्रसार, सरकारी योजनाको लाभ पुऱ्याउने र आदिवासी समाजका अधिकार संरक्षण गर्ने रहेको छ।
यस क्रममा आइतबार मेन्दाबारी अञ्चल कमिटीको गठन गरी 29 सदस्य चयन गरिएको छ। 
उक्त कमिटीमा नन्दु एक्कालाई सभापति, संजय उराँवलाई सचिव र मञ्जु उराँवलाई कोषाध्यक्षमा निर्वाचित गरिएको बताइएको छ। 
सो अवसरमामा अभाआविप जिल्ला सह–सभापति रतिराम लाकडाले युवापुस्तासहित महिलालाई नेतृत्वमा अघि ल्याउनुपर्ने बताए।
जिल्ला अध्यक्ष जयप्रकाश तिग्गाले फोनमार्फत संगठनको आधा कार्य पूरा भइसकेको र आगामी 15 दिनभित्र प्रत्येक गाउँ–बस्तीमा कमिटी विस्तार हुने जानकारी दिए। 
परिषदमा युवा पुस्ता आएपछि यो पहललाई सामाजिक तथा राजनीतिक वृत्तबाट सराहना गरिएको छ।


Leave a Comment